देवानगन्ज गाउँपालिका अध्यक्षमा जसपा र उपाध्यक्षमा काँग्रेस विजय

आर्य न्युज

देवानगन्ज ०४ गते जेष्ठ। देवानगन्ज गाउँपालिका अध्यक्षमा जनता समाजवादी नेपाल जसपा र उपाध्यक्षमा नेपाली काँग्रेस विजयी भएका छन् ।नेपाली काँग्रेसको गढ मानिने देवानगन्ज गाउँपालिकामा जसपा र काँग्रेस विजय भएका हुन् ।पालिका अध्यक्षमा जसपाका वेचन मेहता उपाध्यक्षमा काँग्रेसका कुमारी बिभा यादव विजय हासिल गर्नुभएका छन्। त्यसै गरि वडाहरूमा वडा नम्बर १ मा काँग्रेसका सूर्य नारायण पाल, वडा नम्बर २ मा नेकपा एमालेका जग नारायण मेहता, वडा नम्बर ३ मा जसपाका अनिल भगत, वडा नम्बर ४ मा जसपाका सुशील मेहता, वडा नम्बर ५ मा नेकपा एमालेका मनोज मण्डल, वडा नम्बर ६ मा जसपाका हरिनन्दन मेहता र वडा नम्बर ७ मा सूर्य नारायण यादव विजय हुनुभएको छ। २०७४ सालको निर्वाचनमा नेपाली काँग्रेसले ७ वडा मध्ये ६ वडा सहित निर्वाचित भएका थिए।

प्रकाशित मिति: २०२२-०५-१८ , समय : १२:५५:४७ , २ वर्ष अगाडि

error: Content is protected !!