१३ बैशाख २०८१, बिहिबार
2024-04-25

महाजन मुक्त सहकारीका मुसहर संचालक महिलाहरुलाई २ दिने तालिम

राधेश्याम कुशवाहा

सर्लाही । र्लाहीको चन्द्रनगर गाउँपालिका मुसहर महिलाका नेतुत्वमा संचालित सहकारीका संचालक सदस्यहरुलाई संचालन तथा व्यवस्थापन सम्बन्धि तालिम दिईएको छ ।

चन्द्रनगर गाउँपालिका स्थित नाढी तालमा रहेका सभा हलमा मुसहर महिला सशक्तिकरण संजालद्वारा संचालित महाजन मुक्त बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालक समितिका सदस्यहरुलाई तालिम दिईएको साप नेपालका मधेस प्रदेश संयोजक जनक कार्कीले जानकारी दिए ।

साप नेपालले सञ्चालन गरेको नेपालमा स्थानीय सरकारको लैङ्गिक उत्तरदायी सुशासन प्रर्बद्धन परियोजना अन्तर्गत सहकारी स्थापना गरिएको उहाँले बताए ।
महाजनको चर्क व्याज र श्रम शोषण बाट छुटकार दिलाएर आर्थीक,सामाजिक रुपमा सबल बनाउन सहकारी संचालनमा ल्याएको बताउदै सहकारीलाई पारदर्शी ढंगले चुस्त र दुरुस्त रुपमा संचालन गर्न अनुशिक्षणले उनिहरुको क्षमता बिकास गर्न मद्दत पुग्ने उहाँले दाबी गरे ।

तालिममा बचत संकलन तथा ऋण परिचालन, सहकारीता, सहकारीको महत्व, फाईदाहरु र उद्देस्य, सहकारीको बिषेसता सम्बन्धमा परिक्षण दिइएको हो । साप नेपालका प्रदेशिक संयोजक जनक कार्की र हरिपुर सामाजिक उद्यमी महिला बचत तथा ऋण सहकारी संस्थाकी व्यवस्थापक मन्जु चौधरीले तालिममा सहजिकरण गरेका थिए ।

बिगतमा मुसहर समुदायमा बिरामी पर्दा वा सामाजिक कार्य गर्न पैसा आवस्यक हुदा चर्क व्याज तिरेर महाजनकै भर पर्नुपर्ने अवस्था रहेको थियो । अहिले आफ्नै सहकारी संचालनमा आएको हुदा सहकारी सम्बन्धि आवश्यक ज्ञान तालिम बाट सिकेको वडा सदस्य एवं समुहकी अध्यक्ष शिव दुलारी माझीले बताईन ।

सहकारीकी अध्यक्ष शिवकली माझीले आफुहरु अशिक्षत भएर बिगतमा धेरै कुरामा पछाडी परेका थिए। उहाँले भनिन ।
तर अहिले समुहमा बसेपछि धेरै कुरा मुसहर महिलाहरुले सिकेकी छिन । समुह गठन गरेर माशिक बचत संकलन, मुसहर महिला संजाल गठन गरेर गाँउपालिक संग योजना माग, महिला हिंसा, बाल बिबाह बिरुद्ध अभियान सन्चालन गर्नुका साथै आर्थिक रुपमा सक्षम रहन सहकारी संचालन लगायतका कार्यहरु मुसहर महिलाकै नेतुत्वमा हुदै आएको हो ।

चन्द्रनगर गाउँपालिका वडा नं ६ कामतमा कार्यालय रहेका महाजन मुक्त बचत तथा ऋण सहकारी संस्थामा हाल करिब ८ सय भन्दा बढी सदस्यहरु रहेका छन । सहकारीका संचालक समितीका २१ जनालाई प्रशिक्षण उक्त तालिम दिईएको साप नेपालले जनाएको हो ।

स्थानिय सरकारको सहकार्यमा आर्थिक, सामाजिक र राजनितिक रुपमा पछाडी पारीएका दलित माझी तथा मुसहर समुदायका महिलाहरुको आर्थिक अबस्थामा सुधार ल्याउने उद्देश्यले सहकारी स्थापना गरिएको हो । उक्त सहकारी सिमान्तकृत मुसहर समुदाएका महिलाहरुको अगुवाईमा स्थापना गरिएको नेपालकै पहिलो सहकारी हो ।

प्रकाशित मिति: २०२३-०५-०४ , समय : २१:३९:५० , १२ महिना अगाडि

error: Content is protected !!