११ बैशाख २०८१, मंगलबार
2024-04-23

मुख्य प्रायोजकले दिएको रकम सार्वजनिक नगर्न दुई पक्षीय सहमति : आर्थिक चलखेलको आशंका

Aarya News

विराटनगर । बिराट गोल्ड कप फुटवल टुनामेन्ट सम्पन्न भए पनि हिसाब किताब अहिले सम्म सार्वजनिक हुन सकेको छैन।

गोल्डकप सञ्चालन गर्न मुख्य प्रायोजक क्वालिटी ग्रुप रहे पनि प्रायोजनको लागि कति रकम दिएको भनेर सार्वजनिक हुन सकेको छैन ।

प्रायोजक समूहका बिपिन काबरालाई सम्पर्क गर्दा प्रायोजनको रकम दुवै पक्षले सार्वजनिक नगर्ने सहमति भएको भन्दै बताउन अस्विकार गर्नु भएको छ । दाताले दिएको रकम नबताउने सर्तमा लिएको हो भने यसमा आर्थिक चलखेल हुने सभावना बढेर गएको छ ।

यस बिषयमा गोल्डकप सञ्चालनका सह-संयोजक सुभाशिष कोइराला संग जिज्ञासा राख्दा मुख्य प्रायोजकले कति रकम दिने सहमति भएको थियो भनेर वहाँले पनि बताउन चाहनुभएन। हामीलाई जहाँ जहाँ बाट रकम प्राप्त हुने हो अहिले सम्म प्राप्त हुनसकेको छैन।

रकम प्राप्त भए पछि आम्दानी र खर्चको हिसाब सार्वजनिक गर्ने बताउनुभयो। प्रायोजक, प्रदेश सरकार, महानगर पालिका लगायत अन्य संस्था संग सम्झौता भए पनि सम्झौता अनुसारको रकम उपलब्ध अहिले सम्म हामी लई प्राप्त हुन सकेको छैन भन्नु हुदै कहिले सम्म प्राप्त हुन्छ भनेर कोइरालाले भन्न सक्नुभएको छैन।

बिराट गोल्ड कप फुटवल टुनामेन्ट सञ्चालन गर्न बनेको आयोजक कमिटीमा टष्ट का कुनै पनि अधिकारी लाई नराखेको हुदा टष्ट का पदाधिकारीहरू यस विषयमा अन्योल छन्।

टष्टका कोषाध्यक्ष धुर्व सिगदेल संग जिज्ञासा राख्दा बिराट गोल्ड कप सम्पन्न भए पनि हिसाब किताब अहिले सम्म टष्टमा अएको छैन भन्नुभयो।

प्रकाशित मिति: २०२३-०५-०६ , समय : ०८:०२:१७ , १२ महिना अगाडि

error: Content is protected !!