०६ बैशाख २०८१, बिहिबार
2024-04-18

मोरङ कारागारमा जेलरबाटै रकम अशुली

Aarya News

विराटनगर। मोरङ जिल्लाको विराटनगरमा रहेको मोरङ कारागारका जेलर धु्रवप्रसाद कोइरालाले व्यावसायि तथा कैदिबन्दिहरुबाट रकम लिने गरेको कैदिबन्दिहरले बताएका छन् । मोरङ कारागार भित्र, बाहिरबाट सामान ल्याउने व्यावसायी तथा कैदिहरुलाई जेलर कोईरालाले रकम माग्ने गरेका हुन् ।

कारागार व्यावस्थापन विभागका अनुसार कोहि कैदिबन्दिहरु विरामी भएमा रोग र विरामी अनुसार आफ्नै खर्चमा हस्पिटल जान पाउने प्रावधान रहेको छ । तर मोरङ कारागारमा रहेका १२ जना बन्दिहरुलाई रकम नदिएकै भरमा जेलर कोइरालाले जान दिएका छैनन् । पुर्पक्षका लागि मोरङ कारागारमा रहेका शेहँसा सिध्दिकी ९अव्दुल खताव०रफुल मियाँ,दिपक दास,बलबहादुर नेपाल,ओम प्रकाश मण्डल,अक्षय मण्डल,साहिद मियाँ,काजीमान पुरी,शक्ति मण्डल,मो जहाँगिर लगायतले बारम्बार कारागार प्रषाशनलाइ चिठ्ठि पठाउँदा समेत जेलर कोईरालाले कुनै हस्पिटल जान दिएका छैनन् ।

प्रषासनलाइ बारम्बार उपचारका लागि पत्र पठाउँदा समेत जान नदिएको बन्दि ओमप्रकाश मण्डलले बताए । उनका अनुसार आफुले चाहेको हस्पिटलमा उपचार गर्न जाने प्रबन्ध मिलाइदिए बापत जेलर ध्रुवप्रसाद कोईरालाले रकम माग गर्ने गरेका छन् , उनि बताउँछन् । जेलर कोईरालाले विराटनगरका प्राईभेट हस्पिटलहरुमा बन्दिहरुलाइ उपचारका लागि मोटो रकम लिएर पठाउने गरेका छन् । तर रकम नहुने र रकम नवुझाउनेहरुलाइ भने कोईरालाले सरकारी हस्पिटलमा समेत पठाउन मान्दैनन् ।

केहिदिन अधि जेलर कोईरालाले मोटो रकम लिएर बन्दि नविन सुवेदिलाइ भने प्राईभेट हस्पिटल पठाउने व्यावस्था मिलाइदिएका थिए । सुवेदि अहिले सम्म नोबेल मेडिकल कलेजमा उपचार गराइरहेका छन् । । तर रकम नबुझाउने बन्दिहरु भने विरामी हुँदा समेत उपचार गर्न जान पाएका छैनन् ।

जेलर कोइरालाले कारागार भित्र रहेका र छुट्न लागेका कैदिहरुको फाइल समेत अगाडि बढाइदिएका छैन्न् । मोरङ कारागार भित्रै रहेका संजय शाहको फाइल अगाडि नबढेका कारण अदालतमा उनको फाइल अगाडि बढ्न सकेको छैन । उनी भन्छन् ,जेलर कोईराला आएदेखि कैदिबन्दिहरुलाइ विभिन्न बाहानामा रकम माग गर्छन, रकम नदिए फाइन अगाडि बढाउन मान्दैनन , अदालतको काम ढिलो भइरहेको छ ।

जेलर कोइरालाले कैदिबन्दिहरुका लागि खाद्यान पुर्याउने व्यावसायीहरु संग समेत मोटो रकम माग गर्दै आइरहेका छन् । कारागार भित्रका बन्दिहरुका लागि चाहिने सामाग्रि पुर्याउने व्यावसायीहरुले पैसा नबुझाए सामान भित्र लैजान समेत कोइरालाले रोक्ने गरेका छन् । जेलर कोइराला विराटनगर सरुवा भएर आए देखी कैदिबन्दिहरुलाई दुख दिने गरेको शेहँसा सिध्दिकीले बताए । कारागार प्रषाशनले उपचारका लागि पत्र दिएता पनी रकम नबुझाए पछी जेलरले हस्ताक्षर गर्दैनन् , उपचार गर्नका लागि जान पटक पटक पत्र पठाएता पनी रकम माग्ने गरेको र नदिए सम्म उपचारमा जान नपाएको उनले बताए । उपचारका र रकम मागका विषयमा मोरङ कारागारका बन्दिहरुले मानव अधिकार आयोग , पत्रकार महासंघ कोशी प्रदेशमा समेत निबेदन दिएको शेहँसा सिध्दिकीले बताए ।

केहिदिन अघि सर्वोच्च अदालत महान्यायधिवक्ता कार्यालयबाट कारागार निरिक्षणका लागि कारागार गएका न्यायधिस समक्ष मोरङ कारागार भित्रका कैदिबन्दिहरुले आफ्नो पिँडा राखेता पनी अहिले सम्म सुनुवाइ नभएको बन्दिहरुले बताएका छन् । अहिले सम्म मोरङ कारागारमा जटिल प्रकारका २६ जना विरामीहरु रहेका छन् । तर जेलरले उपचारको लागि हस्पिटल नपठाउँदा विरामीहरुको स्वास्थ्य अवस्था दिनानुदिन बिग्रदै गईरहेको छ । बन्दिहरुका लागि चाहिने औषधी आधा मात्र पुग्ने गरेको छ । बन्हिरुलाइ चाहिने औषधी नपाउँदा बन्दिहरु थप समस्यामा पुगेका छन् ।

यस विषयमा मोरङ कारागारका जेलर कोइरालाले आफुलाइ थाहा नभएको र यो सरासर गलत भएको बताए । यस विषयमा अन्य जानकारी लिन प्रमुख जिल्ला अधिकारिलाइ सोध्नु, उनले भने, उनि यस विषयमा बोल्न चाहेनन् । त्यसैगरि मोरङका प्रमुख जिल्ला अधिकारी विरेन्द्रकुमार यादवले आफु भर्खरै मोरङ जिल्ला आएका कारण यस विषयमा आफुलाइ थाहा नभएको र यस विषयमा चाँडो भन्दा चाँडो अनुसन्धान गर्ने बताए ।

प्रकाशित मिति: २०२३-०५-०६ , समय : १५:३६:२० , १२ महिना अगाडि

error: Content is protected !!