१३ बैशाख २०८१, बिहिबार
2024-04-25

नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजकाे अध्यक्षमा वैजनाथ शाहलाई निर्वाचित

Aarya News

नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजकाे दाेस्राे अधिवेशनले अध्यक्षमा वैजनाथ शाहलाई निर्वाचित गराएको छ ।

उपाध्यक्ष श्याम कुमार श्रेष्ठ ,र मुकेश कुमार सिंह ,सचिव दिपक भुजेल ,काेषाध्यक्ष मनिष देब लगायत सदस्य हरु अमर भुबन चौधरी खोटङ ,महेश राई इलाम ,कृष्ण प्रसाद रिजल झापा , कमलेश कुमार यदब तेह्रथुम ,भोला मेहता सुनसरी , सरस्वती मगर ,भोजपुर दिपक कुसुहवा ओखलढुंगा , १४ कार्यसमिति सदस्य निर्वाचित भएको जान्कारी निर्वाचन मन्डल समिती कि सदस्य केन्द्रिय सदस्य उर्मिला ढकाल पोखरेल ले जान्कारी दिनु भयो ।

नेपाल आयूवैद स्वास्थयकर्मी समाज कोशी प्रदेश समितिले तीन जना एलोपेथिककर्मीलाई सम्मान गरेको छ । समाजले विराटनगरमा आयोजना गरेको दोस्रो कोशी प्रदेश अधिवेशनमा तीनै जना एलोपेथिक कर्मीलाई सम्मान गरेको छ ।

कोशी प्रदेशका स्वास्थय मन्त्री निर्मला तावा लिम्बु, समाजका केन्द्रिय अध्यक्ष गोकुल पराजुली, केन्द्रिय सदस्य उर्मिला ढकाल पोखरेल र समाजका कोशी प्रदेश अध्यक्ष बैजनाथ साहले तीनै जना एलोपेथिककर्मीलाई स्वास्थ्यकर्मी सरह मान्यता दिलाउन महत्वपूर्ण योगदान पुर्‍याएको निष्कर्ष निकाल्दै समाजले डा. सुरेश महर्जन, तिर्थराज आचार्य र नरेश थापालाई सम्मान गरेको हो ।एलोपेथिककर्मीलाई दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरिएको थिए ।

प्रकाशित मिति: २०२३-०५-०७ , समय : १४:०५:३१ , १२ महिना अगाडि

error: Content is protected !!