०७ बैशाख २०८१, शुक्रबार
2024-04-19

अजिनो‌मोटो मानव शरिरको लागि निकै हानीकारक

Aarya News

विराटनगर। पूर्वमा सञ्चालित अधिकांश खाद्य उद्योगले मान्व स्वास्थ्य माथी खेलवाड गरिहेका छन्।

हामीले सरसर्ती हेर्दा मोरङ – सुनसरीमा मात्र होटेलहरु, मसला उद्योगहरू, रेस्टुरेन्टहरू, विस्कुट, चाउचाउ, भुजिया, कुरमुरे, चिप्स, चाउमिन बनाउने उद्योगहरू ५ दर्जन भन्दा बढि रहेको छ।

उनीहरूले आफुले उत्पादन गर्ने सामानमा मापदण्ड भन्दा बढी अजिनो मोटोको प्रयोग गर्ने गरेका छन्। अजिनो‌मोटोले खानेकुरालाई स्वादिलो बनाउने गर्दछ। हामीले स्वादीलो छ भनेर खाने गर्दछौँ  तर अजिनो‌मोटोले मानव शरिर लाई निकै हानी पुर्याउने गरेको छ।

विराटनगर भन्सार कार्यालयबाट अजिनोमोटो ठुलो परिणाममा जान्च पास भएर विराटनगर भित्रिएको छ। माघ, फागुन चैत तीन महीनामा मात्र ९२ मेट्रिक  टन अजिनोमोटो विराटनगर मित्रीएको कुरा भन्सार कार्यालयले जनाएको छ ।

विराटनगरमा प्याकिङ्ग गरि विक्री बितरण गर्न राखीएको अजिनामोटो २०० ग्राममा ७०/- रुपैया पर्ने गरेको छ यसलाई आधार मान्दा ३५०/-रुपैयाँ प्रति किलोको दरले अजिनामोटो बिक्री हुने गरेको पाइएको छ। अजिनोमाटोको बढी प्रयोग गरी खानालाई स्वादीलो बनाउने काममा व्यपारीहरू लागि रहेका छन।

अजिनोमोटोको प्रयोग गरिएको सामान खादा मानिसको शरिर भित्रको विभिन्न भागहरुमा समस्या आउने गरेको कुरा चिकित्सकहरूले बताउने गरेका छन् ।

अजिनोमोटोको प्रयोग गरेको सामानहरू आम उपभोक्ताले देनिक खाने गर्द छन। अजिनोमोटोले मानिस‌को हड्डी कमजोर गर्ने, पाचन शक्तिमा कमि आउने कुरा डाक्टर संज्ञा ज्ञवालीले बताउनुभयो। छातीको समस्या, ग्यास्टिकको समस्या महिलाको पाठेघरको समस्या पनि अजिनामोटोको वढी प्रयोग गर्दा हुने गर्दछ डाक्टर ज्ञवालीको भनाई रहेको छ।

दुर्गा मसलामा वढी अजिनोमोटोको प्रयोग गरेको छ। बिकेएम मसला उद्योगले प्याकिङ्ग गरि अजिना मोटोको बिक्री वितरण गर्ने गरेको छ।

यसरी कुन कुन वस्तुमा अजिनोमोटोको बढी प्रयोग भई रहेको छ यस तर्फ नियमन्‌कारी  निकायको ध्यान अहिले सम्म जान सकेको छैन।

प्रकाशित मिति: २०२३-०५-०८ , समय : २०:१६:५० , १२ महिना अगाडि

error: Content is protected !!