काठमाडौं । एक रहस्यमयी चिनियाँ अन्तरिक्षयान २७६ दिनपछि पृथ्वीमा फर्किएको छ । पथ्वीको कक्षमा ९ महिनाभन्दा बढी समय बिताएपछि उक्त यान साेमबार पृथ्वीमा अवतरण गरेकाे चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाले जानकारी दिएकाे छ ।
सिन्ह्वाका अनुसार क्र्यु मेम्बर नभएको यो अन्तरिक्षयान उत्तरपश्चिम चीनको जिउक्वान स्याटलाइट लञ्च सेन्टरमा अवतरण भएकाे हाे ।
अगस्ट २०२२ मा पहिलो पटक प्रक्षेपण यान कस्तो थियो, के परीक्षण गरिएको थियो, कति माथि उडेको थियाे, पृथ्वीको कुन कक्षमा रहेको थियो भन्ने विषयमा जानकारी बाहिरिएको छैन ।
तस्वीर चैं छिट्टै सार्वजनिक हुने जनाइएको छ । यो परीक्षणले पुनः प्रयोग गर्न सकिने अन्तरिक्षयान प्रविधिमा चिनियाँ अनुसन्धानलाई ठूलो सफलता दिएको विश्लेषण गरिएकाे छ ।
विशेषगरी भविष्यमा तय गरिने विभिन्न अन्तरिक्ष यात्राको मिसनका लागि यो परीक्षणले सहज बाटो खोलिदिएको सिन्ह्वाले उल्लेख गरेकाे छ ।
प्रकाशित मिति: २०२३-०५-०९ , समय : ०८:१९:५४ , १ वर्ष अगाडि