१६ चैत्र २०८०, शुक्रबार
2024-03-29

देवानगञ्ज ३ का वडा अध्यक्षको भाईले बनायो बेघर : ब्याज र सावा तिरेपनि धितोमा राखिएको जग्गा बेचियो

जितेन्द्र ठाकुर

विराटनगर । साथीको छोरालाई विदेश पठाउन साहुबाट लिएको  ऋणले सुनसरी देवानगंज गाउँपालिका एकजना किसान  बेघर बनेका छन् ।   सुनसरीको देवानगंज गाउँपालिका १ का गुनानन्द मेहता बेघर बनेका हुन ।

गाउँकै साथीको छोरालाई विदेश पठाउन मेहताले खुस्बु देवी भगतको नाममा नौ कठ्ठा तीन धुर जग्गा घितोमा राखेर २ लाख ७५ हजार ऋण लिएका थिए  ।

 

वि. स. २०७१ सालमा मेहताले दुई रुपैयाँ ब्याजदरले भगतसँग लिएको ऋणको सबै सावा र ब्याज गरेर २०७४ सालमा नै चुक्ता गरेपनि साहु भगतले जग्गा फिर्ता नगरि बेचिदिएपछि घरबारविहीन बनेका हुन्।

मेहताले साथी बचालाल यादवका छोरा जीतु यादवलाई ऋण लिएर विदेश पठाउन पैसा दिएका थिए ।  अजय भगतको पत्नी खुस्बु देवी भगतको नाममा धितो वापत पास गरेको जग्गा फिर्ता गर्न ७ लाख  रुपैयाँ बुझाए पनि जग्गा फिर्ता नगरि अर्कोलाई बेचेको पीडित मेहताले बताए  ।

मिटरब्याजी अजय भगतले पैसा बुझाएपछि पटकपटक जग्गा फिर्ता गर्न आग्रह गरे पनि आलटाल गर्दै २०७८ साल माघ ५ गते दुई कित्ता बनाएर अरुलाई जग्गा बेचेको पाइएको हो  ।

बेघर बनेका गुनानन्दले ७ लाख भगतलाई बुझाउन घर भएको जग्गा ३ कठ्ठा १४ धूर फरवाड वित्तिय संस्थामा फेरि घितो राखेर ३ लाख बुझाएको बुझिएको छ।

मेहताले  ऋण लिएको ४ वर्ष नपुग्दै ब्याजसहित रकम बुझाएको ४ वर्षपछि धितोमा राखिएको जग्गा बेचेर घरबारविहीन बनाएको पीडा सुनाए । उनका अनुसार देवानगंज गाउँपालिका -१ कै पीडित मेहताको छिमेकी देवनारायण मेहतालाई ४ कठ्ठा र सूर्यनारायण मेहतालाई ३ कठ्ठा ३ धुर जग्गा १० लाख ५० हजारमा बेचेको हो  ।

पीडित मेहताले भने,’ ७ लाख बुझाएँ,फेरि १० लाख ५० हजारमा जग्गा बेचेर पनि भगतले राख्यो ।‘ पटकपटक स्थानीय स्तरमा राखिएको छलफलमा निष्कर्ष नआउँदा  गाउँपालिकाको न्यायिक समितिमा समेत उजुरी दिएको उनले बताए  ।

देवानगञ्ज गाउँपालिका -३ का वडा अध्यक्ष अनिल भगतको भाइ मिटरब्याजी भएकाले गाउँपालिकामा कुनै छलफलमा सहभागी भएनन्। पीडितका बुवा बुद्धिलाल मेहताले  मिटरब्याजी अजयका  कारण आफ्नो परिवारको उठिबास भएको आरोप लगाए ।

उनले २०७४  सालमा आफ्नो छोरा गुनानन्दले २ लाख ७५ हजारको ब्याजसावा गरी सात लाख बुझाए पनि जग्गा फिर्ता नगरी भगतले आजभोलि भन्दै जग्गाा बेचर बेखर बनाएको बताए ।

अब कुरा पनि गर्दैन पीडितका बुवा बुद्धिले भने,’उल्टै मुद्दा हाल्ने धम्की दिने गरेको छ । उनका अनुसार प्रशासनमा समेत उजुरी दिए पनि छलफलमा नआइ जिल्ला अदालतमा निषेशज्ञा मुद्दाको हालेको बताए । मिटरब्याजी अजय भगतसँग पटकपटक कुरा गर्दा सम्पर्कमा आउन चाहेन । म्यासेज गरे मोबाइल अफ गरेका छन् ।

उता मिटरब्याजी अजय भगतका दाइ देवानगंज गाउँपालिका -३ का वडा अध्यक्ष अनिल भगतसँग सम्पर्क गर्दा पछि फोन गरेर कुरा गर्ने भन्दै बोल्न मानेन् ।

प्रकाशित मिति: २०२३-०५-१२ , समय : १६:३७:४४ , ११ महिना अगाडि

error: Content is protected !!