१२ बैशाख २०८१, बुधबार
2024-04-24

मिटरब्याजको धन्धा गर्दै आएका भगतको दोहोरो नागरिकता; भगत देवानगञ्ज ३ का वडा अध्यक्षको भाई

जितेन्द्र ठाकुर

विराटनगर । लामो समय देखि स्थानीय स्तरमा मिटरब्याजको धन्धा गर्र्दै आएका अजय भगतको दोेहरो नागरिकता रहेको पाइएको छ । सुनसरीको देवानगंज गाउँपालिका ३ बस्ने भगत नेपाल र भारतको नागरिकता बनाएर अवैध रुपमा सिमावर्ती क्षेत्रमा मिटरब्याजको धन्धा चलाउदै आएको पाईएको हो ।

भगतले विहारको विद्यानसभा निर्वाचन नियमावली ४६ नरपतगंज ५ सोनापुर अररिया जिल्ला वाट सवै कागजात बनाएका छन । उनले सोही ठेगाना उल्लेख गरेर चालक अनुमति पत्र समेत बनाएका छन् । सन २०१३जुलाई महिनाको ४ तारिकमा डिएल बिआर ३८२०१३००१९१०७ नम्बरको चालक अनुमति पत्र समेत लिएका छन् । उनको विहारको मतदाता सख्या २सय ३१ रहेको भेटिएको छ ।

सन २०३० डेसेम्बर सम्मको चालक अनुमति पत्रमा मिति उल्लेख गराएको छ । उनको नेपाली मतदाता सख्या १५२४५७६९ रहेको छ । देवानगंज ३ स्थित रहेको कृष्ण मावि शंकरपुरमा मतदान केन्द्रमा भएको मतदाता नियमावलीमा उल्लेख गरिएको छ । उनको श्रीमितीको समेत दोहरो नागरिकता रहेको छ । भगतले धितो वापत जग्गा पास गराउदा श्रीमतिको नाममा जग्गा पास गराउदै सावाँ व्याज बुझाएपनि घितो वापत राखिने जग्गा अरुलाई बेच्ने गरेको छ ।भारतीय मतदाता नियमावलीमा खुश्वुको मतदाता पसिरचयपत्र २ सय ३३ रहेको छ । बुवाको नाममा श्रीमान अजयको नाम उल्लेख गरेकी छीन् ।

अजयले नेपाल र भारत दुवै देश नागरिकता र मतादातामा बुवाको नाममा रामेश्वर भगत नै उल्लेख गरेका छन् । भारतीय स्कार्पीयो चढ्ने भगतले नेपालमा अनुचित रुपमा मिटरब्याजको धन्धा वाट असुली गरेको रकम भारतमा जम्मा गर्ने गरेको पाइएको छ । चार जना दाजु भाई मध्ये एक जना देवानगंज गाउँपालिका वडा नम्बर ३को वडा अध्यक्ष भएका छन् ।

अनिल भगत वडा अध्यक्ष संगै गाउँपालिका प्रवक्ता भएकाले उनले धितो वापत श्रीमतिको नाममा पास गरेको जग्गा आफु खुशी बेच्ने गरेको स्थानीयहरुले बताएका छन। स्थानीयले अनिल पहिलो पटक वडा अध्यक्षमा विजय भएपछि भारत गएर भारतीय नागरिकता रद्द गरिएको बताए । यद्यपी अन्य दाजुभाई र श्रीमितको भारतीय नागरिकता यथावत राखिएको छ ।

सुनसरीको देवानगंज गाउँपालिका १का जुगानन्द मेहता गाउँकै साथीको छोरालाई विदेश पठाउन मेहताले खुस्बु देवी भगतको नाममा ९ कठ्ठा ३ धुर जग्गा घितोमा राखेर २ लाख ७५ हजार ऋीण लिएका थिए । विस २०७१ सालमा मेहता रु ५ रुपैयाका व्याजदरले भगत संग लिएको ऋीणको सवै सावा र व्याज गरेर २०७४ सालमा नै चुक्ता गरेपनि साहु भगतले जग्गा फिर्ता नगरि बेचेकाले घरवार विहिन बनाएका छन् । मिटरव्याजी अजय भगतले पैसा बुझाएपछि पटक पटक जग्गा फिर्ता गर्न आग्रह गरे पनि आलटाल गर्दे २०७८ साल माघ ५ गते दुई किता बनाएर रु १० लाख ५० हजारमा बेचेको थियो ।

दोहरो नागरिकता विषयमा अजय संग सम्पर्क गर्न खोज्दा आफु फोन नउठाई भाई विजयलाई बोल्न लगाएको थियो । विजयले अजय भारत गरेको जानकारी दिए । फोटो क्याप्सन सुनसरीको देवानगञ्ज गाउँपालिका ३ मिटरब्याजी अजय भगत र उनका श्रीमति खुश्वु भगतको भारतीय र नेपाली नागरिकताको कागजात ।

प्रकाशित मिति: २०२३-०५-१४ , समय : १३:०६:५९ , १२ महिना अगाडि

error: Content is protected !!