०७ बैशाख २०८१, शुक्रबार
2024-04-19

छोटो लुगा लगाउँदा छिमेकीमाथि निर्घात कुटपिट

Aarya News

हेटौंडा । छोटो लुगा लगाएर हिँडेको विषयमा कुरा काटेको भन्दै मकवानपुरका थाहा नगरपालिकाकी एक युवतीले छिमेकी अर्की युवतीलाई निर्घात कुटपिट गरेकी छिन् ।

थाहा नगरपालिका- १२ तल्लो वसन्त बस्ने २७ वर्षीया सुशीला स्याङ्तानले ३० वर्षीया विनिता मोक्तानमाथि कुटपिट गरी गम्भीर घाइते बनाएकी हुन् । उनलाई थप उपचारको लागि काठमाडौंको ट्रमा सेन्टर पठाइएको छ ।

छोटो लुगा लगाएर हिँडेको कुरा विनिताले अरुसँग गरेको भन्दै सुशीलाले घरमै पुगेर निर्घात कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताए । कुटपिट गर्ने शुसिलालाई पक्राउ गरेर प्रहरीले अनुसन्धान थालेको छ ।

प्रकाशित मिति: २०२३-०५-१५ , समय : १३:३८:२३ , ११ महिना अगाडि

error: Content is protected !!