
विराटनगर । कैलालीको घोडाघोडी नगरपालिका-११ मा मतगणनामा वडाध्यक्षमा नेपाली काग्रेस र जसपाबीच तीव्र प्रतिस्पर्धा भइरहेको थियो ।
वडाध्यक्षका लागि कांग्रेसबाट राजकुमार कठरिया र जसपाबाट दानसिङ जोगी उम्मेदवार थिए ।
मतगणनाको अन्तिमतिर काग्रेस विजयी भएको अपुष्ट खबर आयो । यो खबर सुनेपछि मतगणना स्थलमै रहेका जोगी हार स्वीकार गर्दै घर गए ।
यता कांग्रेसका नेता कार्यकर्ताहरू विजय उत्सव मनाउने तयारी गरिरहेका थिए । तर मतपरिमाण घोषणा हुँदा राजपाका जोगी विजयी भएको घोषणा भयो ।
पराजित भएको भन्दै घर पुगेका जोगीले सामाजिक संजालबाट आफू निर्वाचित भएको थाहा पाए । ‘म विजयी भएको रहेछ’, उत्साहित हुँदै उनले भने, ‘अचम्म मानेर फर्किएको छ ।’ निर्वाचन र निर्वाचन अधिकृत भानदेव जोशीले समितिले घोषणा भएको तथ्यांक मात्रै आधिकारिक हुने बताए ।
झिनो मतले पाराजित भए भन्दै घर गएका जोगी नेपाली कांग्रेसका राजकुमार कठरियालाई ३ मतले पछाडि पार्दै विजयी भएका हुन् । उनले ६८२ मत पाए भने कठरियाले ६७९ मत पाए ।
प्रकाशित मिति: २०२२-०५-१८ , समय : १७:३६:२२ , १ वर्ष अगाडि