१६ चैत्र २०८०, शुक्रबार
2024-03-29

आजको मौसम यी प्रदेशहरुमा वर्ष हुने

Aarya News Desk

काठमाडौं। आज कोशी प्रदेशमा सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

शुक्रबार राति कोशी प्रदेशको थोरै स्थान तथा बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रकाशित मिति: २०२३-०५-१९ , समय : ०८:३३:२८ , ११ महिना अगाडि

error: Content is protected !!