०८ बैशाख २०८१, शनिबार
2024-04-20

हज यात्रीहरू संग संस्थागत रुपमा भ्रष्टाचार भइरहेको :अध्यक्ष आजाद (भिडियो सहित)

राजीव कुशवाहा

देवानगञ्ज। भोक्राहा नरसिंह गाउँ पालिकाका अध्यक्ष अजमल अख्तर आजादले हजमा भ्रष्टाचार भएको बताउनुभएको छ। उहाँले हज यात्रीहरुलाई शुभकामना ,प्रशिक्षण तथा विदाई कार्यक्रमलाई सम्बोधन गर्दै सम्पूर्ण हज यात्रीहरुलाई शुभकामना दिदै हज यात्रीहरु संग संस्थागत रुपमा भ्रष्टचार भइरहेको बताउनुभयो।

देशमा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने तर्फ आफुहरु लागेको बेला मुस्लिमहरुको हजको मोसम भएकोले नेपालमा पहिलो पल्ट भोक्राहा नरसिंह गाउँ पालिकाले नेपाली मुस्लिमहरुलाई हजमा पठाएको उहाँले बताउनुभयो। देशमा संस्था गत र हज समिति बाट नै भइरहेको भ्रस्टाचार रोक्नुपर्ने तर्फ नेपाल सरकार र राजनेतिक दलहरुलाई पनि लग्नु पर्ने अध्यक्षले बताउनुभयो।

दश वर्ष अगाडी जुन रकम तिर्दा दुई जना हज यात्रीले हज गरेर आउनु हुन्थ्यो तर अहिले त्यति रकम एक जना लाई तिर्नु पर्दै छ। हज समिति द्वारा भएको भ्रष्टचार माथि छानबिन हुनुपर्छ र यसलाई रोक्न हज समितिमा राजनीतिक दलहरुको सहभागिता हुनुपर्ने उहाँले बताउनुभयो।

भोक्राहा नरसिंह गाउँ पालिका अध्यक्ष अजमल अख्तर आजादको आयोजना आयोजित उक्त कार्यक्रममा ३९ जना हज यात्रीहरुलाई
हाजिहरुबाट परिक्षण दिई हज सफलता शुभ कामना दिदै विदाई गरेका छन्।

उक्त अवसरमा प्रमुख अतिथि एंव सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ का संघिय संसद ज्ञानेन्द्र बाहदुर कार्की , सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ (१) का प्रदेश सभा सदस्यीय सदान्नदन मण्डल , ४(२) का प्रदेश सभा सदस्यीय हाजी इस्राइल मंसुरी, भाेक्राहा नरसिंह गाउँपालिकाकी उपाध्यक्ष सुनिता कुमारी उराँव, प्रमुख प्रशासकीय अधिकृत सुवर्ण घिमिरे, नेपाली कांग्रेस भाेक्राहा नरसिंह गाउँ इकाई समितिका सभापति युवराज दाहाल लगायतकाले हज यात्रीहरूलाई हज सफलताको शुभकामना दिएका थिए।

प्रकाशित मिति: २०२३-०५-२१ , समय : २२:५६:५३ , ११ महिना अगाडि

error: Content is protected !!