०८ बैशाख २०८१, शनिबार
2024-04-20

३ सय ५० घरपरिवारलाई नि:शुल्क स्वास्थय विमा कार्ड वितरण

Aarya News Desk

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा नि:शुल्क स्वास्थय विमा कार्ड वितरण गरेका छन। गाउँपालिकाले तेस्रोपटक अति गरिव तथा विपन्न परिवारलाई वितरण गरिएको हो।

विहिवार एक कार्यक्रमको योजना गरेर विमा कार्ड वितरण गरेको छ । स्थानीय निर्वाचनको समयमा भोक्राहा नरसिंह नेपाली काङ्ग्रेसका उमेदवारले ४ सय जना घरपरिवारको नि:शुल्क स्वास्थय विमा गर्ने प्रतिबद्धता अनुसार गाउँपालिकाले पहिलोपटक वडा नम्बर ३ का ५० जना घरपरिवार ,दोस्रो पटकमा वडा नम्बर २ र ४ का १५० जना घरपरिवार तेस्रोपटकमा १५० जना गरि जम्मा ३ सय ५० जना घरपरिवारका सदस्यहरुलाई निशुल्क स्वास्थय विमा कार्ड वितरण गरिएको भोक्राहा नरसिंह गाउँपालिका स्वास्थय संयोजक असफाक आलमले जानकारी दिनु भएको छ । बाँकी रहेका ५० जना घरपरिवारलाई असारमाको दोस्रो हप्तामा वितरण गर्ने स्वास्थ विमा संयोजक आलमले बताए ।

स्वास्थय उपचार हुन बाट कोइ पनि बन्चित नहोस् । कसैको उपचार नभर अकालमा मृत्यु हुनु हुदैन। भन्ने नै हाम्रो मुख्य उदेश्य रहेको छ । भने पालिकाले स्वास्थय ,शिक्षा र कृषिलाई पहिलो प्राथमिकतामा राखिएको छ भोक्रहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तरले बताउनु भयो।

उक्त कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिका प्रमुख प्रसासकिय अधिकृत सुवर्ण घिमिरे ,उपाध्यक्ष सुनिता उराँव , वडा नम्बर २ का वडा अध्यक्ष आलम अन्सारी ,वडा नम्बर ८ का वडा अध्यक्ष उसमान अन्सारी ,स्वास्थय शाखाका हिरा लाल साह लगायत स्वास्थय विमितहरुको उपस्थिति रहेकोे थियो ।

प्रकाशित मिति: २०२३-०५-२७ , समय : ११:२७:३० , ११ महिना अगाडि

error: Content is protected !!