१३ बैशाख २०८१, बिहिबार
2024-04-25

विराटनगर १५ मा काँग्रेसका साह सहित प्यानल विजय

आर्य न्युज

विराटनगर । विराटनगर महानगरपालिका वडा नं. १५ को वडाध्यक्षमा नेपाली काँग्रेसका प्रकाश साह प्यानल सहित विजयी भएका छन् ।

बिहीबार बिहान सार्वजनिक मत परिणाम अनुसार साह १८९७ मत सहित वडाध्यक्षमा निर्वाचित भएका हुन् । साह वडाध्यक्षमा विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी जसपाका रुस्तम अलिले १४९१ मत ल्याएका छन् । वडाध्यक्षका पदका अन्य प्रतिस्पर्धी राप्रपाका पदम बहादुर कार्की ७२२ र नेकपा (एमाले) का धर्मानन्द सञ्जेल ४७० मतमा सिमित भए ।

यस्तै, वडा नं. १५ को खुल्ला सदस्यमा इम्तियाज अन्सारी र मोहन कुमार मल्ल निर्वाचित भएका छन् । अन्सारीले १४९८ र मल्लले १३९१ मत ल्याएका छन् । यसैगरी महिला सदस्यतर्फ काँग्रेसकी विनिता कुमारी रेग्मी १६९८ र दलित महिला सदस्यमा अमृता तत्मा १६८४ मत सहित विजयी भएका छन् ।

प्रकाशित मिति: २०२२-०५-१९ , समय : ०९:१६:५१ , २ वर्ष अगाडि

error: Content is protected !!