१४ बैशाख २०८१, शुक्रबार
2024-04-26

बिराट गोल्ड कपको हिसाब सार्वजनिक हुने : कोशी प्रदेश सरकार भनिएको रकम दिन आनाकानी

Aarya News Desk

विराटनगर। बिराट गोल्ड कप फुटबल टुर्नामेन्ट गर्न को लागि तत्कालिन प्रदेश १ सरकार सामाजिक विकास मन्त्रालय द्वारा दिने भनिएको रकम अहिले सम्म उपलब्ध गराउन सकेको छैन।

प्रदेश खेलकुद बोर्डले गोल्ड कप संचालनको लागि १० लाख भन्दा बढी रकम दिने निर्णय गरेकोमा उक्त रकम उपलब्ध नगराउदा बोर्डको नियत नै साफा नभएको आरोप बिराट गोल्ड कप फुटबल ट्रष्टका पदाधिकारीले लगाउन थालेका छन्। अहिलेको कोशी प्रदेश सरकारले उपलब्ध गराउनु पर्ने रकम उपलब्ध नगराए पनि ३ लाख रकम मात्र उपलब्ध गराएको छ। जुन उपलब्ध गराउने निर्णय भएका रकमको आधा पनि देखिएन।

विराटनगर महानगर पालिकाले बिराट गोल्ड कप संचालनको लागि दुई चरणमा गरि १० लाख २० हजार रकम उपलब्ध गरी सकेको छ। बिराट गोल्ड कप फुटबल टुर्नामेन्ट आयोजक समितिका संयोजक नागेश कोइलर द्वारा जेष्टको तेश्रो साता भित्रमा आम्दानी र खर्चको बिवरण सार्वजनिक गर्ने तयारीमा लग्नु भएको छ।

मुख्य प्रायोजक क्वालिटी थाई फुड्सले कति रकम दिने हो सो विषयमा उक्त उक्त उद्योगका संचालक सदस्य विपिन कावराले रकम सार्वजनिक नगर्ने सर्तमा प्रयोजन गरेको बताउनुभयो। विराटनगरमा संचालन भएको गोल्ड कपको लागि सम्झोता अनुसार रकम उठने सम्भावना कम छ। कतिपय संग मोखिक सम्झोता गरेको हुँदा रकममा तल माथि हुने सम्भावना देखिन्छ।

बिराट गोल्ड कप फुटबल टुर्नामेन्ट सम्पन्न गर्न १ करोड भन्दा बढी खर्च हुने कुरा गोल्ड कप हुनु अगाडी नै आयोजकबाट सार्वजनिक भएको हुँदा यसको पूर्ण विवरण आउन अब धेरै दिन पर्खनु पर्दैन।

प्रकाशित मिति: २०२३-०५-२९ , समय : १८:०३:५५ , ११ महिना अगाडि

error: Content is protected !!