१५ बैशाख २०८१, शनिबार
2024-04-27

कारागारको शौचालयमा एक कैदी झुन्डिएको अवस्थामा भेटिए

आर्य न्युज

रोल्पा, ५ जेष्ठ। रोल्पा कारागारमा गए राति एक पुरुष  कैदी झुन्डिएको अवस्थामा भेटिएका छन् । सुर्खेतको बराहताल गाँउपालिका–१ घोडाआँखेका २७ वर्षीय विजयविक्रम शाह कारागारको शौचालयमा आफ्नै गलबन्दीको पासो लगाई झुन्डिएको अवस्थामा भेटिएको  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक थमन जिसीले जानकारी दिनुभयो ।

शौचालयको ढोका बन्द रहेको जानकारी पाएपछि प्रहरीले ढोका फोरेको थियो । जिल्ला कारागारमा हाल महिला कैदी ११ र पुरुष कैदी ९६ रहेको बताइएको छ ।

प्रकाशित मिति: २०२२-०५-१९ , समय : ०९:२७:५५ , २ वर्ष अगाडि

error: Content is protected !!