
सुनसरी। बढ्दो सामाजिक संजालको प्रयोग र तेसबाट हाम्रो समाजमा दुरगामी असर परि रहेको छ।
अहिलेका नानी बाबु युवा पुस्ताहरुलाई आफ्नो देश र संस्कृतीलाई बुझ्न पनि झण्डाको महत्व र तेसलाई प्रत्यक्ष रुपमा आँखाले हेर्नु पर्ने र देखाउनु पर्ने भएको छ। सो कुरा सुनसरी दुहबी नगरपालिका वडा नम्बर ४ निवासी युवा अभियन्ता सुजित बस्नेतले बताउनुभयो।
आर्य न्युज संगको कुराकानिमा बस्नेतले नेपालको राष्ट्रिय झण्डा वितरण गरि लगाउनको लागी प्रेरित गर्ने र सौन्दयकरण गर्ने तर्फ अगाडी बढ्ने कुरा बताउनुभयो। जेष्ठ २३ गते मगलबार दुहबी नगरपालिका वडा नम्बर ४ स्थित मंगलबारे हटियामा रहेको खाली ठाउँमा एउटा ठुलो नेपालको झन्डा लगाउने योजना रहेको र यो योजना ३० दिन सम्म संचालन हुने छ।
यसरी विभिन्न ठाउँमा लगाउने झण्डाको संरक्षण स्थापीय युवाहरुले गर्ने कुरा बस्नेतले बताउनुभयो।
प्रकाशित मिति: २०२३-०६-०४ , समय : ०९:१३:१६ , ४ महिना अगाडि