१५ चैत्र २०८०, बिहिबार
2024-03-28

ग्रेस एजुकेशनको शैक्षिक यात्रा : भोली विराटनगरमा हुने

Aarya News Desk

विराटनगर । ग्रेस इन्टरनेशनल एजुकेशनको शैक्षिक यात्रा भोली विहान ८ बजे विराटनगरमा हुने भएको छ । कोशी प्रदेशको विर्तामोड र दमक पछाडी गे्रस इन्टरनेशनल एजुकेशनले आफ्नो शैक्षिक यात्रा भोली विहान ८ बजे वरगाछि स्थित इन्द्रेणी पाटि प्यालेसमा गर्ने भएको हो ।

विदेश अध्ययनमा जान चाहने विर्थीहरुलाई अवसर, योजना, र भविष्यका बारेमा पुर्व जानकारी दिने उदेश्यले गे्रसले शैक्षिक यात्रा गरिरहेको छ । शैक्षिक यात्राका क्रममा ग्रेसले देशभरिका १६ ठाउँमा शैक्षिक यात्रा गर्ने भएको हो । अहिले विद्यार्थीहरु अध्ययनका लागी विदेश जाने र नेपालमा अवसरको कमीका कारण विदेशमै पलायन हुने प्रवृती बढिरहेको अवस्थामा गे्रस इन्टरनेशनल एजुकेशनको शैक्षिक यात्राले विदेश अध्ययन पछी नेपालमा अवसरको सम्भावना, भविष्यको योजना बनाउने तरिका लगायतका विषयमा समेत जानकारी गराउने भएको छ ।

अहिले बिदेश अध्ययनमा विद्यार्थीहरुको आकर्षण अत्यधिक रहेपनी विद्यार्थीहरुमा अन्यौलता रहँदा समस्यामा पर्न सक्ने र ग्रेसको शैक्षिक यात्राले यस्तो खालको अन्योल हटाउन सहयोग गर्ने विराटनगर साखा प्रमुख प्रदिप बाँस्तोलाले बताए । कार्यक्रममा उपस्थित हुने विद्यार्थीहरु मध्येबाट लक्किड्र र विभिन्न आकर्षक गेमहरु खेलाइ विजेताहरुलाई आयोजकको तर्फबाट निशुल्क आयल्टस र पिटिइ भौचर र अन्य आकर्षक उपहारहरु समेत प्रदान गरिने बाँस्तोलाले बताए ।

शैक्षिक यात्रा विराटनगर कार्यक्रममा डोनेसन फर नेपालका अध्यक्ष सौरभ लोहनी र निर्माता, निर्देशक, तथा कार्यक्रम प्रस्तोता आर.के धितालले आफ्नो प्रस्तुती दिने भएका छन् । कार्यक्रमको स्थानिय ब्यावस्थापन लियो क्लब अफ विराटनगर सेन्ट्रल मेघाले गरेको छ ।

प्रकाशित मिति: २०२३-०६-०४ , समय : १९:२५:५५ , १० महिना अगाडि

error: Content is protected !!