१६ चैत्र २०८०, शुक्रबार
2024-03-29

कुशवाहा समाजको अध्यक्षमा पुन लक्ष्मण महतो सर्वसहम्मत चयन

राधेश्याम कुशवाहा

सर्लाही। नेपाल कुशवाहा कल्याण समाज, सर्लाहीका अध्यक्षमा पुनः लक्ष्मण महतो सर्व सहम्मत चयन भएको छ ।
लालबन्दी नगरपालिका स्थित श्रीजानकी मावि विद्यालयको सभाहलमा नेपाल कुशवाहा कल्याण समाजको छैठो अधिवेशनका निर्वाचन समितिका संयोजक, अन्य निर्वाचन मण्डल तथा अध्यक्षका उम्मेदवारहरु बिच बसेको संयूक्त बैठकले उक्त निर्णय गरेका हुन ।

नेपाल कुशवाहा कल्याण समाजका अध्यक्षमा लक्ष्मण महतो, उपाअध्यक्षमा सुभद्रा देवी, सचिवमा विरेन्द्र प्रसाद कुशवाहा, सहसचिवमा राजकुमार महतो, कोषाध्यक्षमा हरिनारायण कुशवाहा सहितका पदाधिकारीहरु चयन भएका छन, भने सदस्यहरुमा सुरेश महतो, सुन्दरकला देवी, गुलाब देवी, सविता कुमारी कुशवाहा, सुरतिया देवी, बच्चा महतो, सहदेव महतो, कृष्ण कुमार महतो, बलफोसिया कु. महतो, लालबाबु महतो, निलम देवी सिंह, शीला कुमारी, ऋषिकेस महतो, सिताराम महतो, रामसोगारथ महतो, हरिनारायण महतो, विरेन्द्र प्रसाद कुशवाहा, रामउदगार महतो, ललिता देवी महतो र इन्दल महतो सहित २५ सदस्यि समिति चयन भएको नेपाल कुशवाहा विद्यार्थी कल्याण समाजका जिल्ला संयोजक भरत महतोले जानकारी दिए ।

कार्यक्रममा बोल्दै निर्वाचित अध्यक्ष लक्ष्मण महतोले समग्र कुशवाहा समाजका हक अधिकार संरक्षण, सम्बद्र्धन तथा उत्थानका लागि अहोरात्र खटिने उहाँले बताए । कुशवाहा समाज जनसंख्याका आधारमा प्रदेशकै ठुलो जाति रहेपनि पनि राजनितिक पहुँच पछाडि रहेका छन, उहाँले भने । कुशवाहा समाजका नेतुत्वलाई सरकार संचालनका तिनै तहमा पहुँच पुर्याउनुका साथै जनसंख्याको आधारमा राजनितिक सहभागिता गराउनुपर्नेमा उहाँले जोड दिए । गरिब तथा जेहेन्दार कुशवाहा विद्यार्थीलाई निशूल्क लोकसेवा आयोग कक्षा संचालन, छात्रवृत्तिको व्यवस्था, बालविवाह तथा दाइजो प्रथा मुक्त कुशवाहा समाज निर्माण गर्न पहल गरिने उहाँको भनाई छ ।

गत २०७९ चैत्र २५ गते लालबन्दी पार्टी पैलेसमा नेपाल कुशवाहा कल्याण समाजको छैठो अधिवेशनमा जिल्ला कार्यसमिति गठन हुन बाँकी रहेको थियो । लालबन्दी नगरपालिका वार्ड न. ७ स्थित श्री जानकी मावि लालबन्दीको सभा हलमा नेपाल कुशवाहा कल्याण समाज, सर्लाहीका छैठो अधिवेशनका निर्वाचन समितिका संयोजक एंव समाजको केन्द्रिय कार्य समितिका उपाअध्यक्ष उपेन्द्र प्रसाद कुशवाहा को अध्यक्षतामा अधिवेशनका अन्य निर्वाचन मण्डल तथा अध्यक्षका उम्मेदवारहरु बिच बसेको संयूक्त बैठकले महतोलाई सर्वसहम्मत चयन गरेका थिए ।

बैठकमा कुशवाहा समाजका उपाअध्यक्ष तथा निर्वाचन संयोजक उपेन्द्र प्रसाद कुशवाहा, केन्द्रिय सदस्य तथा निर्वाच समिति सदस्य रामचन्द्र सिंह कुशवाहा, अन्तराष्ट्रिय कुशवाहा समाजका संयोजक विर बहादुर महतो, बुद्वजिवि समाजका अध्यक्ष भरतलाल महतो, विरेन्द्र प्रसाद कुशवाहा, रामदिनेश महतो, राजाराम महतो लगायत भारी संख्यामा कुशवाहा समाजका अगुवाहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २०२३-०६-०४ , समय : १९:३७:०६ , १० महिना अगाडि

error: Content is protected !!