२४ बैशाख २०८१, सोमबार
2024-05-06

पाल्पामा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु १२ घाइते

Aarya News Desk

तानसेन। पाल्पामा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने १२ घाइते जना घाइते भएका छन्।

रुपन्देहीको सालझण्डीबाट अर्घाखाचीको पणेना जाँदै गरेको लु १ च ९०२४ नम्बरको जीप रैनादेवी छहरा गाउँपालिका-८ सत्यवतीमा आज बेलुका ५ बजे दुर्घटना भएको हो।

दुर्घटनामा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको र १२ जना घाइते भएका वडा अध्यक्ष रेमबहादुर रानाले जानकारी दिए।

घाइतेहरूलाई स्थानीयवासी तथा प्रहरीको सहयोगमा उद्धार गरी उपचारका लागि बुटवलतर्फ पठाएको वडा अध्यक्ष रानाले जानकारी दिए।

घटनास्थलमा इलाका प्रहरी कार्यालय भुझुङ, प्रहरी चौकी बल्ढेङगढी र इलाका प्रहरी सालझण्डीबाट प्रहरीहरु परिचालन भएका छन्।

प्रकाशित मिति: २०२३-०६-०४ , समय : २०:२१:२४ , ११ महिना अगाडि

error: Content is protected !!