१४ बैशाख २०८१, शुक्रबार
2024-04-26

भारत भ्रमणमा अपमान महसुस गरिन : प्रधानमन्त्री प्रचण्ड

Aarya News

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूले हालै गरेको भारत भ्रमणमा अपमानित महसुस नगरेको बताएका छन् ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा आफूले अपमानित भएको महसुस नगरेको बताएका हुन् ।

अधिकांश प्रधानमन्त्रीलाई स्वागतका लागि राज्यमन्त्री, सचिव आउने गरेको जानकारी दिँदै उनले आफूलाई पनि सोहीअनुसार नै राज्यमन्त्रीले स्वागत गरेको जिकिर गरे । बरु इन्दाेर र उज्जैनमा भने भव्य रूपमा स्वागत गरिएको जानकारी दिँदै उनले आफू र आफ्नो टोलीले भारत भ्रमणभर अपमानित महसुस नगरेको बताए ।

 

प्रकाशित मिति: २०२३-०६-०५ , समय : १५:४२:१४ , ११ महिना अगाडि

error: Content is protected !!