
विराटनगर । काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका बालेन शाहलाई आज पुत्री लाभ भएको छ । महानगरपालिकाको जारी मतगणनामा अग्रता लिइरहेका बालेनकी पत्नी सबिना काफ्लेले आज छोरीलाई जन्म दिएकी हुन् ।
मेयर उम्मेदवार बालेनले मतगणनामा अग्रता लिइरहेका बेला पुत्री लाभ भएकोमा खुशी व्यक्त गरेका छन् ।
प्रकाशित मिति: २०२२-०५-१९ , समय : १३:४७:४७ , १ वर्ष अगाडि