०५ बैशाख २०८१, बुधबार
2024-04-17

चन्द्रनगर गाउँपालिकामा ढुङ्गामुढा, आगजनी गर्नेलाई कार्वाही गर्न माग

राधेश्याम कुशवाहा

सर्लाही। सर्लाहीको चन्द्रनगर गाउँपालिकामा ढुङ्गामुढा, आगजनी र गाउँपालिका अध्यक्ष राजकुुमार महतोको निजि निवासमा ढुङ्गामुढा भएको छ ।

चन्द्रनगर गाउँपालिका वडा नं. २ मा रहेको चन्द्रनगर पोलिटेक्निक ईन्स्टिच्युटका विद्यार्थीहरुले चन्द्रनगर गाँउ कार्यपालिकाको कार्यालयको सार्वजनिक सम्पति माथि ढुङ्गामुढा, आगजनी गरिे क्षति पुर्याएको तथा कार्यालय सहयोगी माथि हातपात गरी कार्यालय भित्र थुनी ताल्चा लगाएको भन्दै गाउँपालिकाले कार्वाहीको माग गर्दै पे्रस विज्ञप्ति जारी गरेको छ ।

यसैगरी वडा नं. २ बबरगंजमा रहेको गाउँपालिका अध्यक्ष महतोको निजि निवासमा समेत तोडफोड भएको छ । चन्द्रनगर पोलिटेक्निक ईन्स्टिच्युटका विद्यार्थीहरुले नाराबाजी गर्दै अध्यक्ष महतोको घरमा ढुङ्गामुढा गरेको अध्यक्ष महतोको स्वकीय सचिव उमेश साहले जानकारी दिनुुभयो ।

चन्द्रनगर पोलिटेक्निक ईन्स्टिच्युट २०७६ सालमा स्थापना भई विगत चार बर्षको अवस्था हेर्दा त्यहाँ पुर्ण समयको लागि शिक्षक तथा प्रिन्सिपलको नियूक्ति तथा व्यवस्थापन नभएको, प्रयोगात्मक सामग्री सहितको प्रयोगात्मक ल्याब, पुस्तकालय लगायतका कुनै पनि आवश्यक पूर्वाधार नभएको अवस्था थियो । साथै चन्द्रनगर पोलिटेक्निक ईन्स्टिच्युट स्थापना भए देखि आर्थिक वर्ष २०७८÷७९ सम्मको लेखा परिक्षण समेत नगराएको पे्रस विज्ञप्तिमा उल्लेख छ ।

वि.संं २०७९ सालको स्थानीय तहको निर्वाचनमा चन्द्रनगर गाउँपालिकाको गाउँपालिका अध्यक्ष पदमा राजकुमार महतो निर्वाचित भए लगतै चन्द्रनगर पोलिटेक्निक ईन्स्टिच्युटमा बैठक बसाई विभिन्न चरणको विद्यार्थी, शिक्षक, संचालक समितिको पदाधिकारी, कर्मचारीहरुको सहभागितामा चन्द्रनगर पोलिटेक्निक ईन्स्टिच्युट राम्रो सित संचालन तथा व्यवस्थापन गर्न गहन छलफल गरी कार्य समुह नै निर्माण गरी ईन्स्टिच्युटको वर्तमान अवस्था, विद्यार्थीको उचितम अध्य्यन अध्य्यापनको लागि आवश्यक पुर्वाधारको व्यवस्था तथा ईन्स्टिच्युटलाई व्यवस्थित रुपले संचालन गर्न चाहिने आवश्यक जनशक्ति, सामाग्री र पूर्वाधारको अध्य्यन प्रतिवेदन बनाई चन्द्रनगर गाउँ कार्यपालिकाको कार्यालयमा पेश गर्ने निर्णय गरेको पे्रस विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष महतो निर्वाचित भएपछी हाल सम्ममा पोलिटेक्निक ईन्स्टिच्युट संचालन तथा व्यवस्थापन गर्न विद्यार्थीले माग गरे अनुसार सुशिल कुमार सिहंलाई निमित्त प्रिन्सपलको रुपमा नियुक्त गरिएको,शिक्षक भर्नाको लागि गाउँ कार्यपालिकाको बैठक बाट पारित गरी सार्वजनिक रुपले विज्ञापन गराई खुल्ला प्रतिस्पर्धा मार्फत ३ जना फुल टाईम शिक्षण गर्न ३ जना शिक्षक भर्ना भएको र शिक्षण कार्य भइ रहेको, किताब खरिद गरी पुस्तकालयको व्यवस्थापन गरिसकेको,विद्यार्थीहरु बस्ने होस्टेलको व्यवस्थापनमा सुधार भएको ,लेखा परिक्षक नियुक्त गरी लेखापरिक्षण गर्न गराउन निर्देशन दिइएको र कार्यान्वयन चरणमा रहेको र प्रयोगात्मक सामग्री, किताब खरिदका लागि सार्वजनिक खरिद ऐन अनुसारको प्रकृया अपनाई खरिद प्रकृया बढाउन प्रमुख प्रशासकीय अधिकृत समेतलाई निर्देशन दिइएको र उक्त कार्य कार्यान्वयनको चरणमा रहेको कार्यहरु गरेको पे्रस विज्ञप्तिमा उल्लेख छ ।

अति कमजोर, दयनीय र जिर्ण अवस्थामा रहेको ईन्स्टििच्युुटको संचालन तथा व्यवस्थापनमा सुधार ल्याउन गर्ने कार्य भएको र कार्यान्वयन चरणमा रहेको भए तापनि केही व्यक्तिहरुले उचालेकोे भरमा गाउँपालिका अध्यक्ष, प्रमुख प्रसाशकीय अधिकृत सहित कसैलाई पनि पूर्व जानकारी नै नगरी र कुनै छलफल बिना नै चन्द्रनगर गाउँपालिकाको अध्यक्ष र अधिकाशं राष्ट्रसेवक कर्मचारीहरु “संस्थागत क्षमता स्वंमूल्यांकन तथा वितिय सुशासनको जोखिम मूल्यांकन सम्बन्धी क्षमता अभिवृद्धि २ दिने कार्यक्रममा बाहिर रहेको मौका छोपी चन्द्रनगर गाउँ कार्यपालिकाको कार्यालयमा रहेको कार्यालय सहयोगी लालबाबु राउत, विनोद मल्लिक माथि हातपात गरी कार्यालय भित्रै बन्द गरी ताल्चा लगाएको, केही उदण्ड व्यक्तिहरुले गाउँ कार्यपालिकाको सार्वजनिक सम्पति माथि ढुङ्गामुढा, आगजानी गरी भारी मात्रामा क्षति पुर्याएको, भिडियोमा प्रष्ट सुनिए अनुसार जनप्रतिनिधि र कर्मचारीलाई अपशब्द प्रयोग गरी गालीगलोज गरिएको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको पे्रस विज्ञप्तिमा उल्लेख छ ।

प्रेस विज्ञप्तिमा उदण्डता गर्ने र जनप्रतिनिधि तथा कर्मचारीलाई अपशब्द प्रयोग गरी गालीगलोज गर्ने, सार्वजनिक सम्पति माथि तोडफोड गरी क्षति पुर्याउनेहरु माथि कानून अनुुसारको कारवाही हुनुपर्ने ,सार्वजनिक सम्पतिहरुको क्षतिपुर्ति तोडफोड गर्ने व्यक्तिले नै व्यहोर्नु पर्ने , उचाल्ने गिरोहहरुको सत्य तथ्य पता लगाई सार्वजनिक गर्न र कानुन बमोजिम कार्वाही गर्नुपन, राष्ट्रसेवक कर्मचारी माथि गरिएको हातपात, गालीगलोज, भित्रै थुनिएको र त्यसमाथि ढुङ्गामुढा गर्ने व्यतिmहरु माथि कानुनी कारवाही गरी जनप्रतिनिधी तथा कर्मचारीको सुरक्षा गर्नु पर्ने उल्लेख छ ।

प्रकाशित मिति: २०२३-०६-०५ , समय : २१:०१:५५ , ११ महिना अगाडि

error: Content is protected !!