१४ बैशाख २०८१, शुक्रबार
2024-04-26

नागरिकता विध्येयक कार्यान्वयन गर्न जनमत पार्टीको माग

Aarya News Desk

सर्लाही। भर्खरै राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विध्येयक तत्काल कार्यान्वयन गर्न जनमत पार्टी सर्लाहीले माग गरेको छ ।
सो पार्टीका जिल्ला इन्चार्ज श्रीचन यादवले नागरिकता विध्येयक तत्काल कार्यान्वयन गर्न माग गर्दै कार्यान्वय नगरिए आफूहरु चरणबद्ध संघर्षमा उत्रन बाध्य हुने विज्ञप्ती मार्फत चेतावनी दिएका छन् ।

उनले विज्ञप्तीमा भनेका छन्, ‘नागरीकता विध्येयक शिघ्र कार्यान्वयन गर्न र सहज रुपमा नागरिकता प्राप्त गर्ने वातावरण बनाउन सबै पार्टीका शिर्ष नेतृत्वसँग आग्रह गर्दछु ।’ उनले दशकौंदेखि समान अधिकारका लागि भएको आन्दोलन तथा २०६३÷६४ मा भएको मधेश आन्दोलनको जगमाथि स्थापित नागरिकतासम्बन्धी अधिकारलाई खोस्ने र मधेशी, आदिवासी, जनजाती, मुस्लिम, दलित लगायतका समुदायलाई अनागरिक बनाउने गरी देशका ठुला पार्टी काँग्रेस, एमाले, रास्वपा, राप्रपालगायतले नागरिकता विरोधी अभिव्यक्ति दिइरहेको भन्दै त्यस्ता अभिव्यक्तिको निन्दा गरेका छन् ।

‘एमाले, काँग्रेस, रास्वपा, राप्रपा लगायत विभिन्न पार्टीको नागरिकता विरोधी दिइरहेको अभिव्यक्ति खेदपूर्ण र निन्दनीय छ ।’ विज्ञप्तीमा भनिएको छ ।

राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको नागरिकता विध्येयकलाई लिएर अहिले नेपालको सदनमा समेत वादविवाद भइरहेको छ । तर झापा लगायतका जिल्लामा भने विध्येयक प्रमाणीकरण भएसँगै नागरिकता लिनेको घुँइचो बढेको छ ।

यता राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरीकता सम्बन्धी विध्येयकलाई लिएर सवोच्च अदालतले कायान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

प्रकाशित मिति: २०२३-०६-०५ , समय : २१:१८:३७ , ११ महिना अगाडि

error: Content is protected !!