१६ चैत्र २०८०, शुक्रबार
2024-03-29

पशुपालक किसानहरुलाई ७५ प्रतिशत अनुदानमा ५० थान च्याप कटर वितरण

सुरेन्द्र कुशवाहा

इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका व्यवसायीक पशुपालक किसानहरुलाई ७५ प्रतिशत अनुदानमा च्याप कटर वितरण गरेको छ ।

भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्र सुनसरीले ५० जना किसानलाई च्याप कटर मेसिन उपलब्ध गराएको जनाएको छ । स्थानीय किसान सुरेन्द्र मेहताका अनुसार भोक्राहा नरसिंहको सन्देश सहकारी संस्था लिमिटेडले भैसी किसानका लागि व्याडे मुर्रा राङ्गाा कार्यक्रम अन्तरगत कोशी प्रदेश सरकार मार्फत प्राप्त अनुदान भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्र सुनसरीले ७५% अनुदानमा च्याप कटर मेसिन उपलब्ध गराएको जनाएको छ ।

गाउँघरमा किसानहरुले व्यावसायिक रुपमा पालन गरेका स्थानीय भैंसीको नश्ल सुधार गर्ने उदेश्यले सहकारीको सदस्यहरुका भैसीलाई व्याडे मुर्रा राङ्गाा ५०% छुटमा दिने व्यवस्था गरेको जनाएको छ । सहकारीमा आवद्ध भएका सदस्यहरुलाई व्यवसायी पशुपालन गर्नका लागी पराल घाँस काटनका लागि विद्युतीय मोटर सहितको च्यापकटर ५० थान वितरण गरेको सन्देश सहकारी संस्था लिमिटेडका अध्यक्ष रुद्रनारायण साहले जानकारी दिनुभयो ।

यसैबीच चिस्यान केन्द्र तथा डेरिको उद्घाटन कार्यक्रममा सस्थामा आवद्ध भएका किसानलाई संस्था मार्फत प्रती लिटर २ रूपियाँका दरले अनुदान पाउने व्यवस्था रहेको जानकारी दिएको थियो ।

सुनसरीको भोक्राहा नरसिंह कृषि÷पशु सहकारी संस्थाहरुसङ्गको सहकार्यमा व्यवसायीक पशुपालन कार्यक्रमद्वारा चिस्यान केन्द्र उदघाटन तथा च्यापकटर वितरण कार्यक्रमको सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न गरिएको साहले जानकारी दिनुभयो । किसानहरुलाई प्रविधीसंगै बजारीकरणका साथै घांसको वीऊ समेतमा सहयोग गरिरहेको साहले बताउनुभयो । कार्यक्रमका प्रमुख अथिति प्रदेश सरकारका कृषि मन्त्री भक्ती सिटौलाले च्याप कटर मेसिनले किसानको समयको बचत हुने, छिटोछरितो काम हुने र पशुले दुध पनि बढी दिने बताउनुभयो ।

कोशी प्रदेश सरकारले किसानको मागमा आधारित भएर विभिन्न कार्यक्रम र च्यापकटर मेसिन उपलब्ध गराउदै आएको बताउनुभयो । उहाँले विज्ञ केन्द्र मार्फत सूचना प्रकाशित गरेर निर्धारित समयभित्र परेका निवेदनहरुबाट स्थलगत अनुगमन गरेर किसानको छनौट गरिएको बताउनुभयो ।

प्रदेश सरकारले काम गर्ने र बास्तविक किसानलाई अनुदान सहितको सहयोग गर्दै आएको र काम नगर्ने, कागज मिलाएर खानेहरुलाई पूर्ण रुपमा निषेध गरिएको बताउनुभयो ।

प्रकाशित मिति: २०२३-०६-०६ , समय : ११:४२:१९ , १० महिना अगाडि

error: Content is protected !!