१२ बैशाख २०८१, बुधबार
2024-04-24

बिराट गोल्ड कप फुटवल प्रतियोगितामा ८७ लाख घाटा किन ?

Aarya News Desk

विराटनगर। बिराट गोल्ड कप फुटवल प्रतियोगितामा ८७ लाख घाटा लागेको छ।

गत २०७९ साल चैत ९ गते देखि १६ गते सम्म विराटनगरको सहिद मैदानमा संचालन भएको बिराट गोल्ड कप फुटवल प्रतियोगिताको हिसाबकिताब सार्वजनिक भएको छ। बिराट गोल्ड कप प्रतियोगिता आयोजक समिति कासंयोजक नागेश कोइरालाबाट आयोजित पत्रकार सम्मेलनमा गोल्ड कप संचालनमा गोल्ड कप संचालन समितिका सह संयोजक शुभाशिस कोइरालाले ८७ लाख दिने गरि आम्दानी देखाएको हुँदा आम्दानी र खर्च बराबर भएको छ।

गोल्ड कपमा १ करोड ८७ लाख ४ हजार १ सय ४८ रुपैया खर्च भएको छ। गोल्ड कप संचानाला गर्न टिकट बिक्रि बाट ४१ लाख ५८ हजार २ सय ,महानगर पालिकाबाट १२ लख ,कोशी प्रदेशबाट १२ लाख ,राष्ट्रिय खेलकुद परिसदबाट १२ लाख ,मुख्य प्रायोजकबाट ८ लाख ,प्रायोजकबाट ४ लाख ,सह प्रायोजकबाट ४ लाख पाटनर प्रायोजकबाट ६ लाख ७५ हजार आमदानी भएको कुरा सह संयोजक शुभाशिस कोइरालाले बताउनुभयो।

गोल्ड कप प्रतियोगिता प्रति विराटनगरबासीको आप्नोत्व महसुस गराउन नसक्दा गोल्ड कप संचालन पछी ठुलो रकम घाटा भएको कुरा आयोजक समितिका संयोजक नागेश कोइरालाले बताउनुभयो। बिगतमा नाफामा गएको गोल्ड कप यस पटक किन नाफामा जना सकेन सबै ले समिक्षा गर्नु पर्छ कोइरालाको भनाइ थियो।

मुख्य प्रायोजक भन्दा बढी रकम अरुले दिएको हुँदा हतारमा मुख्य प्रायोजक भनेर प्रचार गर्नको औचित्य समाप्त भएको अड्कल बाजी गर्न थालिएको छ। पत्रकार सम्मेलनमा पेश गरिएको विवरण अनुसार रकम घात ८७ लाख १ हजार ४८ पुगेको छ।

प्रकाशित मिति: २०२३-०६-०६ , समय : १२:४०:१५ , ११ महिना अगाडि

error: Content is protected !!