०३ जेठ २०८१, बिहिबार
2024-05-16

देवानगञ्जमा निमार्ण भइरहेकोे सडक निर्माणमा व्यापक अन्यमितता

राजीव कुशवाहा

देवानगञ्ज । देवानगञ्ज गाउँपालीकामा निमार्ण भइरहेकोे सडकमा व्यापक अन्यमितता भएको भन्दै स्थानियहरुले विरोध गरेका छन् । त्रिपाल आई बुइल्डर्स प्रा लि कोटेश्वर ३२ काठमाडौँ निमार्ण कम्पनीले देवानगञ्ज गाउँपालिका वडा नम्बर ३ मा १ करोड भन्दा लागतमा निर्माणधिन सडकमा गुणस्तरहिन काम गरेको भन्दै स्थानियहरुले विरोध गरेका हुन् ।

निर्माणाधिन सडकमा स्टिमेट अनुसार माटो र ग्राभेल नहाली कन बेस गर्न थाले पछि स्थानियहरुले बिरोध गरेका छन्। कही माटो हालेको छ भने कही त्यस्ते छ कही ग्राभेल गर्यो त कही सडक लाई जोतेर रोला चलाएको छ। यस लाई हेर्ने हो भने जनताको आखाँमा छारौ हाल्ने काम मात्र गरेको स्थानियहरुले बताएका छन् ।

यता देवानगञ्ज गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष अनिल कुमार भगतले सडक निर्मणमा कुनै किसिमको भ्रस्टाचार नभएको दाबी गर्नुभएको छ। स्टिमेट अनुसार काम भइरहेको छ स्टिमेट भन्दा १ इन्ची कम काम हुँदैन अध्यक्षले बताउनुभयो ।

१ करोड ७ लाख ९९ हजार ८ सय ०३ रुपैयाँ ०५ पैसामा निमार्ण भइरहेको सडकमा व्यापक भ्रष्टाचार भएको भन्दै वडा अध्यक्ष र निर्माण कम्पनिको व्यक्तिहरु संग स्थानीयहरु चर्काचर्की गरेको थियो। गुणस्तरहिन काम भएपछि स्थानियहरु आक्रोशित बनेका छन् । पछिल्लो समय देवानगञ्ज गाउँपालिकामा भ्रष्टाचारका घटनाहरु बढ्दै गईरहेको छ ।

पालिका अध्यक्ष आफै विभिन्न समयमा विवादमा पर्दै आएको कारण अध्यक्षको काम प्रति पनि स्थानीय बासिन्दाहरूले आउला उठाउन थालेका छन्। यता वडा नम्बर ३ का वडा अध्यक्ष नियम बिपरित कामहरु गर्दै आएकोले विवादमा पर्दै आएको छ।

प्रकाशित मिति: २०२३-०६-०९ , समय : २१:५९:२२ , ११ महिना अगाडि

error: Content is protected !!