सर्लाही। जिल्लाको चन्द्रनगर गाउँपालिकामा केही दिन अघि पोलिटेक्नि इन्स्टच्युटका विद्यार्थीहरुले गाउँपालिका तथा चन्द्रनगर पोलिटेक्निक इन्स्टच्युटमा लगाएको ताला नेकपा माओवादी चन्द्रनगरको उक्साहटमा भएको सार्वजनिक भएको छ ।
नेकपा माओवादीका नेता मुलाजिम मंसूरले एउटा भिडियो क्लिपमा मार्फत विद्यार्थीहरुलाई आफुले उक्साएको बताएका छन् । भिडियोमा गाउँपालिकामा र चन्द्रनगर पोलिटेक्निक इन्स्टच्युटमा ताला तथा गाउँपालिका अध्यक्षको घर र गाउँपालिकामा ढुङ्गामुढा गरेको २०–२५ विद्यार्थीहरुलाई आफुले उतारेको मंसुरले भनेका छन् ।
विद्यार्थीहरुले गरेको ढुङ्गमुढाबाट गाउँपालिकामा लाखौँको क्षति भएको चन्द्रनगर गाउँपालिकाले जनाएको छ ।यता मंसुरले निर्धक्कसंग ति विद्यार्थीहरुलाई आफुले उतारेको भिडियोमा भनि रहदाँ पनि सम्बन्धित निकाय मौन रहेको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले बताए ।मंसूरलाई कानुन अनुसार कार्वाही गर्न सम्बन्धित निकायसँग गाउँपालिका अध्यक्ष महतोले माग गरेका छन् ।
´भिडियोबाट मंसुर र माओवादी नेताहरूको सुनियोजित षडयन्त्र प्रमाणित हुन्छ,´झअध्यक्ष महतोले चियाेचर्चाे खबरसंग भने । मंसुरको श्रीमती कार्यापालिका सदस्य भएपनि आफै कार्यापालिका सदस्य हु भन्दै, गाउँपालिकाकाे हित बिपरीत मन्तव्य दिने गरेको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष महतोले बताए । मंसूरले दिएको अभिव्यक्ति प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको तथा गाउँपालिकामा भएको क्षति मंसुरले नै व्यहोर्ने गरी कानुनी कार्वाहीको प्रक्रिया पनि अगाडि बढाइने अध्यक्ष महतोले बताए ।
अध्यक्ष महतोले मंसुर लगायत चन्द्रनगरमा माओवादीबाट निर्वाचित अन्य जनप्रतिनिधिहरुले गलत तरिकाबाट भागबण्डा खोजेको र आफुले अस्विकार गरेपछी आफुलाई असफल बनाउने सुनियोजित षडयन्त्र रचन थालेको आरोप लगाए । अध्यक्ष महतोले आफुले गर्न लागेको बिकास देख्न नसक्नेहरुले आफु बिरुद्ध बहुमतको दम्भ देखाएर असफल सावित गराउने निति बनाएको अध्यक्ष महतोले दाबी गरे । आफु जन्ता माझ जाने, र गाउँपालिकाको हरेक गतिविधि जन्ता समक्ष राख्ने अध्यक्ष महतोले बताए ।
प्रकाशित मिति: २०२३-०६-११ , समय : २१:५२:३२ , १ वर्ष अगाडि