२५ भाद्र २०८१, बुधबार
2024-09-11

शिक्षकले ५ जना छात्रालाई कुटपिट गरे : प्र.अ. भन्छन सामान्य बिषय हो

सुरेन्द्र कुशवाहा 504  पटक हेरिएको

भोक्राहा। सुनसरीको भोक्राहा नरसिंहमा एक शिक्षकले छात्राहरु माथि शिक्षकले कुटपिट गरेका छन् ।भोक्राहा नरसिंह गाउँ पालिका वडा नम्बर १ मा रहेको शारदा मा वि का शिक्षक अशोक मेहताले कुटपिट गरेका हुन्। करिब विहानको ८ बजेको कक्षा संचालनको समयमा शिक्षक मेहताले कुटपिट गरेको हो।

तराईमा केही दिन देखि लगातार बढेको गर्मीले मानिसको जनजीवन यस्त व्यस्त बनेका छन। सुनसरीमा भोक्राहा नरसिंह गाउँ पालिका लगायत विभिन्न पालिकाले आफु अन्तर्गत रहेका विद्यालयहरुमा बर्से बिदा काट्ने गरि गर्मी विदा दिएको थियो। गर्मी बिदा पछी विद्यालय खुल्न खुलेको छ तर अहिले तराई मा मनसुन नलागेको कारण गर्मी कम भएको छैन। कक्षा कोठामा गर्मी बढी लागेको ले कक्षा ७ मा अध्यनरत विद्यार्थिहरु कोठा बाहिर बसेको समयमा शिक्षक अशोक मेहताले ५ जना छात्राहरु लाई मुक्का र डेस्टरले कुटपिट गरेको पीडित विद्यार्थिहरुले बताएका छन।

शिक्षक अशोक मेहताले सुस्मिता कुमारी ठाकुर , पुजा मुखिया ,अन्जु उराँव लगायत ५ जना छात्राहरुलाई कुटपिट गरेको स्विकार गरेको छ । शिक्षकको कुटपिटबाट पीडित भएका विद्यार्थिहरुको विद्यालय नजिकै रहेकोे किल्निकमा उपचार भइरहेको विद्यार्थिका अभिभावकले बताएका हुन। कुटपिटबाट पीडित विद्यार्थि अभिभावक र गाउँसमाज सहिते शिक्षक अशोक मेहतालाई कारबाहीका लागि माग गरेका छन।

कुटपिट घटनाको विषयमा प्रधानाध्यापक रामु प्रसाद मेहता पत्रकार सुरेन्द्र मेहताले सोधपुछ गर्दा तपाई भिडियो ग्राफी किन बन्नु भएको ,तपाई पत्रकार हो भने ठुलो कुरा हो ,यो सामान्य विषय हो, जवाफ दिन जरुरी छैन्। भनेर गैरजिम्मेवार तरिकाले जवाफ दिएका हुन। भने प्र अ मेहता जहिलेनि गैरजिम्मेवार तरिकाले जवाफ दिने गरेको हुनाले शिक्षकहरुमा सद्भाव कायम नरहेको साथै गाउँबासिहरु समेत उहाँ प्रती दिनप्रतिदिन आक्रोश बन्दै गएको छ ।

प्रकाशित मिति: २०२३-०६-११ , समय : २२:२८:०६ , १ वर्ष अगाडि

error: Content is protected !!