२९ आषाढ २०८१, शनिबार
2024-07-13

शिक्षक महासंघ समिति सर्व सहमतिले गठन हुने बर्जु पहिलो पालिका

Aarya News Desk 644  पटक हेरिएको

बर्जु। शिक्षक महासंघ बर्जु गाउँपालिका कार्यसमितिको नयाँ समिति सर्व सहमतिले गठन भएको छ। नेपालको ७७ वटा जिल्ला मध्ये बर्जु गाउँ पालिका सर्व सहमतिले समिति गठन हुने पहिलो पालिका भएको हो।

शिक्षक महासंघ बर्जु गाउँपालिका गठन समितिमा अध्यक्ष विजय चौधरी लगायत जम्मा २३ जना सदस्य रहेका छन्।

तात्कालीन नेपाल शिक्षक युनियन, शैक्षिक गणतान्त्रिक मञ्च र मधेशी शिक्षक युनियनको रूपान्तरित साझ संस्थाको रूपमा गठन भएको नेपाल शिक्षक महासंघ– नेपाली शिक्षकहरूको एक मात्र आधिकारिक युनियन हो ।

२०७१ सालमा जन्मिएको महासंघले यताका वर्षमा सामान्य परिचय बनाए पनि यसलाई राज्य, राजनीतिक दल र कर्मचारीतन्त्र, गैरसरकारी क्षेत्रका साथै शिक्षा क्षेत्रमा क्रियाशील व्यक्ति तथा संघसंस्था र स्वयं यसका आबद्ध घटक संस्था र तिनका नेताहरूले समेत उचित महत्वव र हैसियत प्रदान गरिरहेका छैनन् ।

शिक्षक समुदायका पेशागत युनियनलाई कुनै पनि देशमा शिक्षा विकासको एक महत्वपूर्ण पक्षका रूपमा स्वीकारिएको पाइन्छ । तर सँगसँगै राज्य, गैरसरकारी संघसंस्था, शिक्षा अभियन्ता र कतिपय शिक्षाविद्हरूले समेत शिक्षकका तिनै संगठन र तिनको उपस्थितिलाई रुचाइरहेको पाइँदैन ।

अझ्, नेपाल जस्ता शासन प्रशासनमा दलगत प्रभाव ज्यादा रहेका विकासोन्मुख देशहरूमा बलियो र स्वतन्त्र शिक्षक युनियन बन्न नदिने प्रवृत्ति शिक्षक युनियनभित्र र बाहिर दुवैतिर पाइन्छ । नेपाल शिक्षक महासंघ पनि केही हदसम्म त्यही प्रवृत्तिको शिकार भएको बुझन कठिन छैन ।

उक्त कार्यक्रममा नेपाल शिक्षक संगठनका अध्यक्ष युवराज श्रेष्ठ ,नेपाल शिक्षक संघ बर्जु गाउँ पालिका अध्यक्ष बिनोद गुरुङ लगायतले बर्जु गाउँपालिकामा मात्रै गठन भएर आफूहरूका माग–मुद्दाहरु पूरा हुन नसक्ने बताउनुभयो । शिक्षकहरुको मांग मुद्दाहरु पुरा गर्न ७७ जिल्लमा नेपाल शिक्षक महासंघको समिति गठन गर्नु पर्छ । पटकपटक ध्यानाकर्षण गराए पनि शिक्षा ऐन प्रभावकारी हुन नसकेको कुरा भन्नु भयो।

कार्यक्रममा नेपाल शिक्षक संघका जिल्ला सचिव रोहनराज कार्की, प्रल्हादकुमार कामत, नेपाल शिक्षक संगठनका उपाध्यक्ष सत्यनारायण मेहता, नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष रमानन्द मण्डल र नेपाल शिक्षक महासंघ निर्वाचन समितिका जिल्ला संयोजक भुमिका देवि मगरले नवगठित समितिलाई शुभकामना दिएका थिए।

प्रकाशित मिति: २०२३-०६-११ , समय : २३:०४:०० , १ वर्ष अगाडि

error: Content is protected !!