०८ आषाढ २०८१, शुक्रबार
2024-06-21

राजनीति आडमा कब्जा गरेको जग्गामा पालिकाको डोजर चल्यो

राजीव कुशवाहा

देवानगञ्ज । सुनसरीको देवानगञ्जमा प्रशासन उपस्थित बिना नै डोजर चलेको छ। देवानगञ्ज गाउँ पालिका वडा नम्बर २ मा रहेको देवानगञ्ज बजारको अतिक्रमण गरेको जग्गामा शुक्रबार प्रशासन उपस्थित बिना नै डोजर चलेको हो।

देवानगञ्ज बजारको जग्गामा केहि सथानीयहरुले राजनीति आडमा लामो समय देखि अतिक्रमण गरि घर टहरा बनाएको थियो। उक्त अतिक्रमण जग्गा खाली गर्न पालिकाले पटक पटक सूचना जारी गर्दा पनि खाली गरेन। खाली गर्नु भन्दा राजनीतिको आड प्रयोग गर्दै दिप नारयण भगतले जिल्ला अदालत सुनसरीमा मुद्दा दर्ता गरिएको थियो । उक्त मुद्दाको मिति २०८० -३ -४ गते जिल्ला अदालत सुनसरीले सुनुवाही गर्दै देवानगञ्ज गाउँपालिकाको पक्षमा फैसला सुनाए पछि सो फैसलाको आधारमा देवानगञ्ज गाउँ पालिकाका अध्यक्ष बेचन मेहता र वडा नम्बर २ का वडा अध्यक्ष जग नारायण मेहताको संयुक्त निर्णयले अतिक्रमण गरेको जग्गा खाली गराउने कार्य गर्यो।

जग्गा खाली गराउने क्रममा सामान्य विवाद उत्पन्न भए पनि देवानगञ्जबासीको मुख्य भूमिकाले खाली गराउन सहयोग पुगेको थियो ।

देवानगञ्ज बजार कोशी प्रदेश कै सस्तो कृषि बजार हो। यहाँ विराटनगर ,इटहरी ,इनरुवा र काठमाडौँ सम्मका व्यापारीहरु आउने गरिन्छ। अतिक्रमण गर्दै बजारलाई संग्रो बनाएकोले कोरोना समयमा ठाउँ प्रयाप्त नहुँदा उक्त कृषि बजार भट्ठीमोडमा सरेको थियो। जस कारण बजारका व्यापारीहरु मारमा पर्दै आइरको थियो।

अतिक्रमण गरेको जग्गा खाली हुँदा व्यापारी र देवानगञ्जबासि खुसी हुँदै स्थानीय सरकारको तारिफ गरेको थियो ।

प्रकाशित मिति: २०२३-०६-२४ , समय : १४:०७:४७ , १२ महिना अगाडि

error: Content is protected !!