०३ जेठ २०८१, बिहिबार
2024-05-16

नेपालमा भारतीय रुपैया कमजोर बन्दै; सरकारले मुल्यमा परिवर्तन ल्याउनु पर्ने

आर्य न्युज सम्वादाता

विराटनगर। विगत ६ महिना देखि नेपाली रुपैया भन्दा भारतीय रुपैया नेपालमा कमजोर बन्दै गएको छ।

नेपाल राष्ट्र बैंकले भारतीय रुपैको खरिद र बिक्रि मूल्य तोकिए पनि सो अनुसार कारोबार हुन् सकेको छैन। अहिले सिमा क्षेत्रमा भारतीय रुपैया १ लाख चाहिएमा नेपाली रुपैया क लाख ५५ हजार दिएमा भारतीय १ लाख रुपैया पाइन्छ तर यस प्रकारको कारोबार पनि हुन सकेको छैन। यहाँको पेट्रोल पम्प ,रेस्टुरेन्ट ,होटेलहरुले भारतीय रुपैया लिन छोडेका छन्।

पेट्रोल पम्पहरुले भारतीय रुपैया लिदैन भनेर सुचना नै टाँसिएका छन्। भारत देखि नेपाल आउने भारतीय नागरिकले दुई हजारको भारतीय रुपैया प्राय ल्याउने गरेका छन्। उनीहरुले नेपाल स्थित सटही काउन्टरमा भारतीय रुपैया साट्न खोज्दा नेपाल सरकारले प्रतिबन्ध लगाएको हुँदा साट्न मान्दैन। जसले साटछन् उनीहरुले बराबर भन्न थालेका छन्। यसलाई हेर्दा नेपालमा भारतीय रुपैया कमजोर बन्दै गएको छ। नेपाल सरकारले भारतीय रुपैया कमजोर भएको महसुस गर्दै मूल्यमा समेत परिवर्तन गर्नु पर्ने भएको छ।

नेपाल राष्ट्र बैंकले सटही काउन्टर संचालन गर्दा सटही काउन्टर संचालक आफैले भारतीय रुपैया संकलन गरि नेपाल राष्ट्र बैंकले नियमनुसार भारतीय रुपैया खरिद विक्री गर्दा भारतीय १०० रुपैया दरको नोट मात्र खरिद विक्री गर्न सक्ने प्राधन राखेको छ। यो प्राधन अहिले को परिवेश संग मेल खादैन।

विगतमा भारतीय रुपैया दिएर सुन चाँदी किनेर भारत तर्फ लाने गर्थिए तर अहिले सुन पसलले सुन समेत खरिद गर्ने सकेको छैन्।

प्रकाशित मिति: २०२३-०६-२६ , समय : २२:१५:४२ , ११ महिना अगाडि

error: Content is protected !!