१३ बैशाख २०८१, बिहिबार
2024-04-25

विराटनगरमा ३२ प्रतिशत मतगणना गर्न बाँकी

आर्य न्युज

प्रदेश नम्बर १ को राजधानी बिराटनगरमा गत ३० गते शुक्रावर सम्पन्न भएको स्थानिय तहको निर्वाचनको मतगणना शनिबार १० बजे देखि सुरु भएको छ।हालसम्म कुल खसेको मध्ये ६१ हजार १०३ मत गणना भएको हो । विराटनगरमा कुल ८९ हजार ७८९ मत खसेको थियो ।

अब मात्र २८ हजार ६८६ मत गणना गर्न बाँकी रहेको विराटनगरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार अहिले क्रमशः विराटनगरको वडा नं. ३, ४, ५, ६, ८, ९, १०, ११ र १२ गरी कुल ९ वडाको मतगणना जारी छ । अहिलेकै रफ्तारमा मतगणना जारी रहने हो भने शनिबार साँझसम्म विराटनगरको अन्तिम मत परिणाम आउने कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए । उनले शनिबार साँझसम्म मतगणना सम्पन्न गर्ने तयारी रहेको जानकारी दिए ।

विराटनगरमा हालसम्म वडा नंं. १, २, ७, १३, १४, १५, १६, १७, १८ र १९ गरी कुल १० वटा वडाको मतगणना सम्पन्न भईसकेको छ । मतगणना सम्पन्न भएका वडाहरुमा विभिन्न राजनितिक दलहरुले जित हाँसिल गरेका छन् । वडा नं. १ मा नेकपा (एमाले) का काजि बहादुर बस्नेत, २ मा एमालेकै कुमार पोखरेल, ७ मा काँग्रेसका मधुबाबु तिवारी, १३ मा राप्रपाका सुर्यलाल यादव, १४ मा एमालेकै सुर्य नारायण महतो, १५ मा काँग्रेसका प्रकाश साह, १६ मा काँग्रेसकै उद्वव कुमार भुजेल, १७ मा जसपाका समिम कमर मियाँ, १८ मा स्वतन्त्र उम्मेदवार जितेन्द्र कुमार साह र १९ मा एमालेका श्याम घिमिरे निर्वाचित भएका छन् ।

हालसम्मको प्राप्त मतपरिणाम अनुसार कुल १९ वडा रहेको विराटनगरमा सबैभन्दा बढी नेकपा (एमाले) ले ४, नेपाली काँग्रेसले ३, राष्ट्रिय प्रजातन्त्र पार्टीले १, जनता समाजवादी पार्टीले १ र स्वतन्त्र उम्मेदवारले १ वडा जितेका छन् । बाँकी रहेका ९ मध्ये ४ वटा वडामा एमाले, २ वटामा काँग्रेस र एउटामा जसपाको अग्रता छ । २ वटा वडाको प्रारम्भिक मतपरिणाम हाल सार्वजनिक गरिएको छैन् ।

सार्वजनिक मतपरिणाम बिश्लेषणको आधारमा मतगणना जारी रहेका मध्ये वडा नं. ३, ४, ८ र ११ मा एमालेको अग्रता छ । यस्तै वडा नं. ५ र ६ मा काँग्रेस अगाडि छ । वडा नं. १२ मा भने ७८८ मत सहित जसपाले अग्रस्थान ओगटेको छ ।

प्रकाशित मिति: २०२२-०५-१९ , समय : १५:४२:०४ , २ वर्ष अगाडि

error: Content is protected !!