०३ जेठ २०८१, बिहिबार
2024-05-16

यी स्थानमा आज मेघगर्जन र चट्याङसहित भारी वर्षा

Aarya News Desk

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ।

अहिले कर्णाली, गण्डकी, बागमती र कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको जनाउँदै महाशाखाले आज तराईका केही स्थानमा हावाहुरीको सम्भावना रहेको जनाएको छ ।

आज दिसँसो कोशी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ। कोशी र मधेश प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना छ।

त्यस्तै, आज रातिसम्म देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

महाशाखाले वर्षाका कारण सडक तथा हवाइ यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू र दैनिक जनजीवन समेत प्रभावित हुनसक्ने जनाएको छ।

प्रकाशित मिति: २०२३-०७-०६ , समय : १२:०३:२७ , ११ महिना अगाडि

error: Content is protected !!