०९ बैशाख २०८१, आइतबार
2024-04-21

कांग्रेस परित्याग गरेका पत्रकार केएम रास्वापा प्रवेश

Aarya News

देवानगञ्ज। पत्रकार वीरेन्द्र केएमको नामबाट प्रसिद्ध बिरेन्द्रकुमार मेहता राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् ।

रास्वपाका सभापति रवी लामिछानेले उनलाई पार्टीमा प्रवेश गराएका हुन् । सुनसरी स्थित देवानगंजका स्थायी बासिन्दा रहेका केएम केहि दिन अघि मात्र सार्वजनिक रूपमा नेपाली कांग्रेस परित्याग गरेका थिए ।

अन्तराष्ट्रिय पत्रकारको रूपमा स्थापित केएम सुनसरी २ बाट संसदीय राजनीति गर्ने भन्दै केहि वर्ष अघि नेपाली कांग्रेसमा समाहित भएपनि कांग्रेसले संसदीय टिकट नदिएपछी उनी पार्टीमा असन्तुष्ट रहेका थिए ।

नेपाली कांग्रेस परित्याग गरेपछि उनले जनमत पार्टीका अध्यक्ष सिके राउत र रास्वपा सभापति रवी लामिछानेसँग भेटघाट तथा छलफल भैरहेको बताएका थिए ।

केएमलाई अब बस्ने रास्वपा केन्द्रिय कार्यसमितिको बैठकबाट केन्द्रिय सदस्य र रिसर्च तथा अनुसन्धान विभागमा जिम्मेवारी दिने सम्झदारी रहेको रास्वपाका एक नेताले बताए ।

यता रास्वपाको कोशी प्रदेश समितिले केएमलाई जनसम्पर्क विभागको प्रदेश उपप्रमुखको जिम्मेवारी दिएर नाम सार्वजनिक गरेको छ ।

दुई दशकदेखि पत्रकारितामा रहेका केएम नागरिक टाइम्सका सम्पादक र एबिपी न्युज नेटवर्क, ईन्डियाका नेपाल संवाददाता हुन् ।

उनी त्रिभुवन विश्वविद्यालय अन्तरगत आर आर कलेज काठमाडौंबाट पत्रकारिता र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

प्रकाशित मिति: २०२३-०७-०६ , समय : १८:१७:४५ , १० महिना अगाडि

error: Content is protected !!