०३ जेठ २०८१, बिहिबार
2024-05-16

मोरङमा राप्रपा पार्टी कार्यालय घरधनीको कब्जामा ;पार्टी चलाउन टेन्डर आव्हान

Aarya News Desk

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीलाई गतिशिल बनाई अगाडी बढाउनको लागि आन्तरिक विज्ञापन खोलेर आवेदन माग गरेको छ।

राजनितिक रूपमा अगाडी देखीएको राप्रपा मोरङलाई निष्टावान कार्यकर्ताले अगाडी बढाउन नसेकेको भन्दै मोरङको संयोजक भई पार्टीलाई अगाडी लाने योजना सहित विज्ञापन आव्हान गरेकोमा ३८ जनाले अनलाईन मार्फत राप्रपा केन्द्रिय कार्यालयमा निवेदन दिएका छन्।

मोरङको संयोजकको रूपमा काम गर्ने पार्टीको सबै तहको अधिवेशन गरि जिल्ला अधिवेशन सम्पन्न गराउने गरी कसलाई जिम्मेवारी दिने भन्ने विषयमा राप्रपा केन्द्रिय कार्यसम्पादन समितिले निर्णय गर्न नसकेको र निर्णय गर्न जिम्मा पार्टीको केन्द्रिय अध्यक्षलाई दिएको छ ।

जिल्ला अधिवेशन बाट राप्रपा मोरङ‌को अध्यक्षमा माधव प्रसाद आचार्य निर्वाचीत भई आफ्नो कार्य काल पुरा गर्न नपाउँदै विज्ञापन खोल्नुलाई सबैले अनौठो रूपमा लिएका छन् ।

पुन: जिल्ला अधिवेशन बाट अध्यक्षमा, माघपत्र आचाय निर्वाचीत भएमा यसलाई केन्द्रले स्वीकार गर्छ गर्दैन यस तर्फ पार्टीको स्पष्ट धारणा आउनु पर्ने देखीएको छ।

रामपा मोरङका अध्यक्ष माधव प्रसाद आचार्य मात्र बेठीक कि वहाको नेतृत्वमा रहेको कार्य समीती नै बेठीक भन्ने विषय‌मा पार्टीले अधिकारीक धारणा सार्वजनिक गर्नु पर्ने भएको छ।

राप्रपा मोरङको हकमा केन्द्रले अझै ध्यान दिनु जरुरि छ। राप्रपा मोरङको पार्टी कार्यालय नै घर धनीको कब्जामा रहेको छ।

पार्टीले तिर्नु पर्ने १ लाख ५० हजार रकम घर धनीलाई तिरेको छैन समय अगाडी नै विज्ञापन निकाले पछि १ लाख ५० हजार कसले तिर्ने यो प्रश्न कार्यकर्ता बीच चल्न थालेको छ।

राप्रपा मोरङ पार्टी कार्यालयमा अहिले ताला लागेको छ। कोशी प्रदेशमा राप्रपाका ६ जना सभा सदस्य छन् तर पार्टी कार्यालयमा ताला लाग्नु लाई कार्यकर्ताले सहज रूपमा लिन सकेका छैनन।

३८ जनाले आवेदन दिएका छन तर उनीहरूले घर भाडा तिर्न कति रकम दिएका छन् यस तर्फ पार्टीको ध्यान जानु जरुरि छ

प्रकाशित मिति: २०२३-०७-०६ , समय : २१:०९:३४ , १० महिना अगाडि

error: Content is protected !!