नेकपा एमालेको विजय जुलुसमा ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु

आर्य न्युज

विराटनगर ।मोरङको सुनवर्षी नगरपालिका ६ स्थित सिटोैला टोलमा बिहीबार भएको ट्याक्टर दुर्घटनामा घाइतेको मृत्यु भएको छ । नेकपा एमालेले नगरपालिकामा विजयी हाँसिल गरेपछि जुलस लगाउने क्रममा को २ च १४३७ नम्बर को ट्याक्टर दुर्घटनामा परी घाइते १३ जनामध्ये एकजनाको उपचारका क्रममा मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय रंगेलीका अनुसार सुनवर्षी–५ का ४५ वर्षीय राजकुमार सरदारको उपचारका क्रममा धरानस्थित विपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

प्रकाशित मिति: २०२२-०५-२० , समय : ०९:०८:५४ , ९ महिना अगाडि