ईश्वरपुर नगरपालिका भ्रष्टचारको नमुना :आवेदन बिनै स्वास्थ्य परिक्षणमा नगर प्रहरी सहायक निरीक्षक उतिर्ण

राधेश्याम कुशवाहा

सर्लाही। सर्लाहीको ईश्वरपुर नगरपालिकामा आवेदन बिनै एक जनाको नगर प्रहरी सहायक निरीक्षकको स्वास्थ्य परिक्षणमा उतिर्ण भएको छ । ईश्वरपुर नगरपालिकाले असार २० गते स्वास्थ्य परिक्षणको प्रकाशित गरेको सूचनामा सो तथ्य बाहिरीएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिराकाजी श्रेष्ठले स्वास्थ्य परिक्षण परिक्षामा उतिर्ण उम्मेदवारको नामावली विवरण भएको पत्रमा हस्ताक्षर गरेर आवेदन नदिएका तिलक बहादुर श्रेष्ठको नगर प्रहरी सहायक निरीक्षकमा नाम सार्वजनिक गरेको छ ।नगर प्रहरी सहायक निरीक्षकको आवेदन फारममा ईश्वरपुर नगरपालिका वडा नं. ८ बस्ने रोहन कुमार चौधरी, वडा नं. १५ बस्ने विवेक चौधरी थारु र वडा नं. १० बस्ने निरन्जन कुमार चौधरी गरी ३ जनाले मात्र आवेदन दिएपनि स्वास्थ्य परिक्षणमा श्रेष्ठको पनि उतिर्णमा नाम आएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ ।

नगरपालिकाले नगर प्रहरी करार सेवामा पदपुर्तीका लागि २०७९।८।९ गते सूचना प्रकाशित गरेको थियो र आवेदन पश्चात उम्मेदवारहरुको स्वास्थ्य परिक्षण असार १८ गते लिएको थियो । स्वास्थ्य परिक्षणमा श्रेष्ठ सहित रोहण कुमार चौधरी पनि उतिर्ण भएका थिए ।श्रेष्ठले नगर प्रहरी सहायक निरीक्षकमा फारम समेत भरेका थिएन, तब पनि नगरपालिकाका कर्मचारीहरुको मिलोमतोमा परिक्षा नदिएको उम्मेदवारको नाम सार्वजनिक भएको छ।

यो त ई्रश्वरपुर नगरपालिका भ्रष्टचारको नमुना भएको राष्ट्रिय स्वतन्त्र पार्टी ईश्वरपुरका नगर सभापति सुवर्ण घिमिरेले आरोप लगाए । ईश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्य र प्रमुख प्रशासकीय अधिकृत हिराकाजी श्रेष्ठ र प्रशासकीय अधिकृत पुष्करमणी घिमिरेको मिलोमतोमा नगरपालिकामा चरम भ्रष्टाचार भैरहेको राष्ट्रिय स्वतन्त्र पार्टी ईश्वरपुरका नगर सभापति घिमिरेले आरोप लगाए ।

नगर प्रहरी सहायक निरीक्षकको स्वास्थ्य परिक्षणमा उतिर्ण श्रेष्ठको आवेदन नगर प्रहरी पदको दर्ता नं. ६३ मा मात्र भएको तर प्रहरी सहायक निरीक्षक पदमा उतिर्ण गर्नु भनेको कर्मचारी तथा नगर प्रमुखको आचार्यको मिलोमतोमा कमिशन उठाउने धन्दा मात्र भएको राष्ट्रिय स्वतन्त्र पार्टी ईश्वरपुरका नगर सभापति घिमिरेले आरोप लगाए । घिमिरेले ईश्वरपुरको भ्रष्टार विरुद्ध सोसल मिडियामा पोष्ट आउन थालेपछी श्रेष्ठ सँग नगरपालिकाका कर्मचारीहरुले पुरानै मितिमा आवेदन फारम लिएको आरोप लगाउनुभयो ।

k
नगर सभापति घिमिरेले सोसल मिडिया मार्फत आज ईश्वरपुर नगरपालिकाले प्रकाशन गरेको नगर प्रहरीको परिक्षाफलमा देखिएको गाईजात्रा कस्तो भयो भने लिस्टमा नाम नै नभएको उममेदवारलाई सफल उममेदवारको सूचीमा राखेको कुरा अच्चम लागेको टिप्पणी समेत गरे । यस्तो सम गर्नेलाई हदैसम्मको कार्वाही हुनुपर्ने घिमिरे माग समेत गरेको छ।

स्वास्थ्य परिक्षण नतिजा प्रकाशन सम्बन्धी सूचनामा प्रमुख प्रशासकीय अधिकृत हिराकाजी श्रेष्ठको हस्ताक्षर भए पनि यस बिषयमा बुझदाँ आफुलाई केही पनि जानकारी नभएको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठले आफु पत्रमा हस्ताक्षर गरेर छोराको उपचारमा गएको हुदाँ आफुलाई यस बिषयमा जानकारी नभएको तथा यो बिषयमा बुझन पुष्करमणी घिमिरेलाई फोन गर्न भन्नुभयो ।

प्रशासकीय अधिकृत घिमिरे सँग यस बिषयमा बुझदा सार्वजनिक भएको सूचना अधिकारिक नभएको बताउनुभयो । उहाले प्रहरी सहायक निरीक्षकको स्वास्थ्य परिक्षणमा सफल उम्मेदवार श्रेष्ठले सोही पदमा समयमैनै आवेदन भारम भरेको हामी सँग रेकड भएको बताउनुभयो । उहाँले सोसल मिडियामा सार्वजनिक भएको लिस्ट नगरपालिकाले उम्मेदवारलाई फोन गर्न तयार गरेको र ति लिस्टमा प्रहरी सहायक निरीक्षकको स्वास्थ्य परिक्षणमा सफल उम्मेदवार श्रेष्ठको नाम असार मसान्तको कामको चापले प्राविधिक कारणले छुटेको बताउनुभयो ।

प्रकाशित मिति: २०२३-०७-०८ , समय : १०:४८:४१ , ५ महिना अगाडि

error: Content is protected !!