
प्रस, परवानीपुर। पिता परमेश्वरको नाममा शिविर चलाइरहेका विकास राउत थारूको उपचारबाट एकजना गम्भीर बिरामी भएका छन् ।
जस्तोसुकै असाध्य रोग पिता परमेश्वरको प्रार्थनाले निको पार्ने दाबी गर्दै आएका थारूको उपचारबाट पोखरिया नगरपालिका–५ निवासी शिवनाथ राउत गम्भीर बिमारी भएका हुन् । उनी मधुमेहका रोगी हुन् । डेढ महीनाअघि शिविरमा गएका शिवनाथलाई थारूले मन्त्राएको पानी सेवन गर्न दिएका थिए । सोबाट मधुमेह रोग निको हुने उनले दाबी गरेपछि शिवनाथले मधुमेहको औषधि सेवन गर्न छाडेका थिए । चिकित्सकले दिएको मधुमेहको औषधि त्यागेर उनले थारूले मन्त्राएको पानी औषधि मानेर सेवन गर्दा अहिले उनको मधुमेह बढेको छ र उनी उपचारको लागि अस्पताल भर्ना हुनुपरेको छ ।
छोरा प्रहरी सेवामा भएकाले उनको उपचार वीरेन्द्र प्रहरी अस्पताल, काठमाडौंमा भइरहेको छ । मधुमेह बढेपछि मिर्गौलामा असर गरेको चिकित्सकले बताएका छन् ।प्रतीक दैनिक
प्रकाशित मिति: २०२३-०७-११ , समय : १५:२९:४४ , ५ महिना अगाडि