०३ जेठ २०८१, बिहिबार
2024-05-16

नेपाललाई हिन्दु राष्ट्र बनाउने विषयमा गोष्ठी

Aarya News

धनुषा। राष्ट्रिय एकता अभियान धनुषा शाखाले शनिवार जनकपुरमा ‘संघिय हिन्दु गणतन्त्र नेपालका लागि विचार गोष्ठी’ को आयोजना गरेको छ।

गोष्ठीमा नेपाललाई हिन्दु राष्ट्र वनाउने विषयमा ब्यापक छलफल भएको छ। कार्यक्रमका प्रमुख अतिथी तथा राष्ट्रिय एकता अभियान सम्मेलन आयोजक समितिका संयोजक विनय यादवले नेपाललाई संघीय गणतन्त्र सहितको हिन्दु राष्ट्र कायम गर्न माग गरे।

विदेशी डलरको लालचमा फसेका विचौलीया नेताहरुले संघीयताको नाममा नेपालमा सनातन हिन्दु राष्ट्रबाट हटाई धर्म निरपेक्षता कायम गरेको उनको आरोप छ। ‘हामी संघीयता विरोधी होइनौँ तर संघीयताको नाममा हाम्रो हिन्दु धर्म, सभ्यता, संस्कृति र पहिचानमाथिको प्रहार कुनैपनि हालतमा स्वीकार्य छैन’ यादवले भने–‘हामी लोकतन्त्र पक्षधर भएकाले संघीय गणतन्त्र सहितको हिन्दु राष्ट्रका लागि अभियान मार्फत हाम्रो आन्दोलन जारी राख्छौं।’

संघीयताको नाममा हिन्दु धर्म, सभ्यता, संस्कृति र पहिचानमाथि प्रहार गर्ने मात्र नभई मुलुकलाई भ्रष्टाचारको अखडा वनाईएकोमा समेत यादवले चिन्ता ब्यक्त गरे। कार्यक्रममा अव हिन्दु राष्ट्रका लागि मात्र नभई देशलाई भ्रष्टचार र भ्रष्ट मुक्त वनाउने दायित्व पनि काँधमा बोक्नु पर्ने विचार ब्यक्त गरिएको थियो।

कार्यक्रममा अभियानी बन्दना पाण्डेय, डा. वीरेन्द्रप्रसाद यादव, मुरलीमनोहर मिश्र लगायतका बक्ताहरुले आफनो विचार ब्यक्त गरेका थिए। अभियानका धनुषा संयोजक मनीष पुर्बेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन विकास झा र रवि साहले गरेका थिए।

 

प्रकाशित मिति: २०२३-०७-१५ , समय : २०:०२:५५ , १० महिना अगाडि

error: Content is protected !!