२० बैशाख २०८१, बिहिबार
2024-05-02

आमाबुवा बिहिनका साथै अपाङ्गता रहेका निरासाले पाए बस्ने बास

Aarya News

देवानगञ्ज । आमाबुवा बिहिन साथै अपाङ्गता रहेको निरासा रौनियारले बस्ने बास पाएको छ । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर २ मा बस्ने निरासा रौनियारको सानै उमेरमा उनको आमाबुवा बित्यो र उनको देखरेख गर्न कोही नभएपछि अपाङ्गता समावेशी संस्थाको पैरवीमा देवानगञ्ज गाउँपालिका र करुणा फाउण्डेसन नेपालले साझेदारीमा घर निर्माण दियो । घर निर्माण कार्य सकेपछि आइतवार एक कार्यक्रमको आयोजना गरी अपाङ्गता रौनियारलाई उक्त घर हस्तान्तरण गरेको अपाङ्गता समावेशी संस्थाका अध्यक्ष डुमरलाल मेहताले बताउनुभयो ।

कार्यक्रममा बोल्दै देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताले निरासा रौनियारको सानै उमेरमा आमाबुवा बित्यो उनी एक त अपाङ्गता र त्योमा पनि महिला भएर धेरै हिम्मत गरेर जीवन निर्वाह निरन्तर लागिरहेको छ । हाम्रो गाउँपालिकामा रहेका यास्ता अपाङ्गता भएर ब्यक्तिलाई गाउँपालिकाले सहयोग गर्न पछि नहटने बताउनुभयो ।

यस्तै कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कुमारी विभा यादवले बालिका निरासा असहाय आमाबुवा नरहेको देखरेख गर्ने कोही भएकोले गाउँपालिका र करुणा फाउण्डेसन नेपालको साझेदारीमा घर निर्माण गरी ब्यवस्थि गरेको बताउनुभयो । अपाङ्गता र असहाय प्रति सधै सहयोग रहने र करुणा फाउण्डेसन नेपालले अपाङ्गता ब्यवस्थि गर्न र घर निर्माणमा सहयोग गरेकोमा उपाध्यक्ष यादवले धन्यवाद ब्यक्त गर्नुभयो ।

पक्की घर पाएपछि निरासा रौनीयार खुशीले गदगद भएका थिए ।

कार्यक्रममा देवानगंज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहता, उपाध्यक्ष कुमारी विभा यादव, प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेल, वडा नम्बर २ का वडा अध्यक्ष जगनारायण मेहता, वडा नम्बर ४ का वडा अध्यक्ष सुशिल मेहता, वडा नम्बर ६ का वडा अध्यक्ष हरिनन्दन मेहता, करुण फाउन्डेसनका कार्यक्रम सह निर्देशक योगेन्द्र गीरी, राजिव चौधरी लगायत स्थानियहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२३-०७-१७ , समय : ०८:४३:३१ , १० महिना अगाडि

error: Content is protected !!