२० बैशाख २०८१, बिहिबार
2024-05-02

दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा तीन वटा स्कुल विजय

Aarya News Desk

विराटनगर । विराटनगरमा सुरू भएको दोस्रो संस्करणको एसईइ कप अन्तर विद्यालय स्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगितामा तीन वटा स्कुल विजय भएका छन् ।

विराटनगर – १ स्थित डन बस्को स्कूलको खेल मैदानमा सोमबारबाट सुरू भएको प्रतियोगिताको उद्घाटन खेलमा सुनसरी दुहबीको सरस्वती मावि, इटहरीको कृष्टल स्कुल र बुढीगंगा गाउँपालिकाको युनिक एकेडेमी स्कुल विजयी भइ दोस्रो चरणमा पुगेको हो ।

सभ्य कला समाज र सम्राट स्पोर्टिङ क्लबको संयुक्त आयोजनामा सुरू भएको प्रतियोगिताको पहिलो खेलमा मोरङको बुढीगंगा गाउँपालिकास्थित स्मृती स्कुललाई ४–१ गोलले हराउँदै सरस्वती स्कुल विजय भएका छ । सरस्वती स्कुलको तर्फबाट जितको लागि रन्जीत खत्रीले दुई गोल, मोहमम्द हुसेन मिया र भक्तराज राईले समान १–१ गोल गरे । स्मृतीको तर्फबाट हेमन्त माझीले सान्तवना गोल फर्काए ।

पहिलो खेलको म्यान अफ द म्याच सरस्वती स्कुलका दुई गोल गर्ने रन्जीत खत्री घोषित भए । उनले गिफट ह्याम्पर विराटनगरस्थित अर्किड कलेजले ५० हजार मुल्य बरावरको छात्रवृत्ती प्रदान गर्ने भएको छ ।

सोही दिन भएको दोस्रो खेलमा सुनसरीको कृष्टल स्कुलले मोरङको सारदा माविलाई टाइब्रेकरमा ४–३ गोलले निरास बनाउँदै कष्टल स्कुल दोस्रो चरणमा पुगेको छ । निर्धारित समयसम्म दुवै टिमको १–१ गोलको बराबरी भएपछि जितको छिनोफानो टाइब्रेकरबाट भएको हो ।

सोही दिन भएको तेस्रो खेलमा युनिक एकाडेमीले विराटनगरको बाल्मकी स्कुललाई ५–२ गोलले हराउँदै युनिक विजयी भएको हो । जितको लागि युनिकको तर्फबाट धिरज उराउले ४ गोल र अंकित खत्रीले एक गोल गरे । बाल्मीकिको तर्फबाट निरज मुर्मुले दुई गोल गरे । प्रतियोगिताको म्यान अफ म्याच बाल्मीकि स्कुलका सरोज साह घोषित भए ।

प्रतियोगिताको उद्घाटन प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्लेले गरेका थिए । प्रतियोगिताको मंगलबार पाँच खेल हुने खेल संयोजक बिक्की कार्कीले जानकारी दिए । साउन १३ गतेसम्म संचालन हुने प्रतियोगितामा मोरङ र सुनसरीका ४५ वटा विद्यालयको सहभागी रहेको संयोजक कार्कीले जानकारी दिए ।

प्रतियोगिताको विजेताले नगद, प्रमाणपत्र,मेडल, शिल्ड प्राप्त गर्नेछन् । सर्वोकृष्ट खेलाडीलाई स्पोर्टिङ साइकल रहेको छ । पहिलो संस्करणको एसईइ अन्तर विद्यालयस्तरीय रनिङ्ग शिल्ड फुटबल प्रतियोगिताको उपाधी जेभियर्स ईग्लिस बोर्डिङ्ग स्कूल टंकीसिनुवारीले जितेको थियो ।

प्रकाशित मिति: २०२३-०७-१८ , समय : २२:३९:३५ , १० महिना अगाडि

error: Content is protected !!