०३ जेठ २०८१, बिहिबार
2024-05-16

विश्व हिन्दु परिषद मोरङ जिल्ला अध्यक्षमा चापागाईं

Aarya News

विराटनगर । विश्व हिन्दू परिषद नेपाल मोरङ जिल्ला अध्यक्षमा रमेशकुमार चापागाईं तोकिएका छन् । परिषदको केन्द्रीय समितिको बैठकले चापागाईंको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति र दुई जना सल्लाहकार समेत चयन गरेको जनाइएको छ ।

परिषदको उपाध्यक्षमा जुगलकिशोर राठी र सविता अधिकारी ढकाल, सचिवमा विकासकुमार मण्डल, सहसचिवमा आभाषराज अधिकारी र कोषाध्यक्षमा गंगा सुवेदी चयन भएका छन् । त्यसैगरी सदस्यहरू अर्जुनकुमार भट्टराई, इन्दु सुवेदी, अञ्जु उपाध्याय, पुष्पलता कोइराला, राजेशप्रसाद भट्टराई, पुनम भट्टराई, सन्तोष आचार्य, प्रमोदकुमार साह र रुपेन महत चयन भएका छन् ।

केन्द्रीय अध्यक्ष टिकाबहादुर पहाडीको अध्यक्षतामा २०७९ चैत २५ गते बसेको केन्द्रीय समितिको बैठकले परिषद्को सल्लाहकारमा प्राज्ञ दधिराज सुवेदी र प्राध्यापक कविराज न्यौपानेलाई मनोनित गरेको जनाइएको छ ।

तीन वर्षको कार्यकाल रहेको परिषदकी अध्यक्ष शोभा पोखरेलको कार्यकाल सकिएर झण्डै पाँच वर्ष पुग्न लागेपछि केन्द्रीय समितिको निर्णयअनुसार नयाँ समिति चयन भएको अध्यक्ष चापागार्ईले दाबी गरे । उनले अघिल्लो समितिले पठाएको पत्रको आधारमा नै केन्द्रीय समितिले नयाँ कार्यसमिति चयन गरेर जिम्मेवारी दिएको बताए ।

प्रकाशित मिति: २०२३-०७-२१ , समय : ०९:१४:४९ , १० महिना अगाडि

error: Content is protected !!