२२ बैशाख २०८१, शनिबार
2024-05-04

राजश्व चुहावट नियन्त्र गर्न एक कदम अगाडी बढेको महानगर अहिले पन्छिदै

Aarya News Desk

विराटनगर। अवैध तरिकाले सामान ओसार पसार गर्ने समूह वा व्यक्तिलाई निरुत्साहित गर्न नविन निकायको उदय भएको छ।

सरकारले चोरी पैठारी नियन्त्रण गर्न राजश्व चुहावट नियंत्रण समीती मोरङ सशस्त्र प्रहरी वल राजश्व गस्ती टोली विराटनगर भन्सार कार्यालय राजश्व अनुसन्धान कार्यालय र नेपाल नेपाल प्रहरीलाई परिचालन गरेको थियो। उक्त निकायले चोरी पैठारी कार्यलाई नियंत्रण नगरको भन्दै विराटनगर महानगर पालिका आफै अगाडी आएको छ।

विराटनगर महानगर पालिकाले श्रावन १ गते देखी जोगवनी बजारबाट सामान ल्याएमा उक्त सामान जफत गर्ने सहीतको अपील सार्वजनिक गर्नुका साथै सिमा क्षेत्रमा माइकिङ्ग गरे पछि सुरक्षा निकायले महानगर पालिका एक कदम अगाडी सर्दै कडाइ गर्न थालेका छन्।

जोगवनी देखी ल्याइएका सामान भन्सार काटेको छ छैन भनेर जनप्रतिनिधीलाई तैनाथ गराउँदै जनप्रतिनिधीले सामान हेर्ने भन्सार काटे नकाटे कागज हेर्ने गरेका छन्।

विराटनगर महानगर पालिकाले आफ्नो कार्यक्षेत्र भन्दा बाहिर गई कार्य गरेको भन्दै आरोप लगाए पछि महागार पालिकाका मेयर नागेश कोइरालाले सिमा क्षेत्रमा हामीले कडाई गरेका छैनो समन्वय मात्र गरेको भन्द पन्छीन खोजे पनि विराटनगरवासीले पत्याएका छैन्।

महा नगर वासीमा विराटनगर महानगर पालिकाको अपील भन्दै भन्सारमा कर नबुझाई सामान ओसार पसार न गरौ वजारमा भन्सार जांच पास बिना आयातीत सामग्री को विक्री वितरण गरिएको पाइएमा समान जफत हुन भएको कुरा समेत उल्लेख गरेको छ।

भन्सार जांच पास बिना आयातीत सामग्री राखी व्यवसाय नगरो भनेर अपील गरेको हुदा महानगर पालिकाले आफ्नो अस्तीत्व देखाउन खोजेको प्रष्ट हुन आउँछ। महानगर पालिका जोगवनी बजार केन्द्रित भए पनि अन्य बाटो लाई निगरानी राख्न नसक्नु कारण कतै महानगर पालीकाल वैकल्पिक बाटो दिएको त छैन भनेर चर्चा हुन थालेको छ। भन्सार जांच पास विनाका सामान अहिले पनि आइरहेको छ।

प्रकाशित मिति: २०२३-०७-२३ , समय : २०:५१:०१ , १० महिना अगाडि

error: Content is protected !!