२० बैशाख २०८१, बिहिबार
2024-05-02

सार्वजनिक सुनुवाई प्रति युवाहरुको आपति (सूचना र ध्यानकर्षण पत्र सहित )

राजीव कुशवाहा

देवानगञ्ज। देवानगञ्ज गाउँपालिकाको सार्वजनिक सुनुवाई प्रति युवाहरुले आपति जनाएको छ। यहीं श्रावन १९ गते शुक्रवार देवानगञ्ज गाउँपालिकाले गर्न गई रहेको सार्वजनिक सुनुवाईको समय र आचार संहिता प्रति युवाहरुले आपति जनाएको हो।

देवानगञ्ज गाउँपालिकाले श्रावन ५ गते सार्वजनिक सुनुवाई सम्बन्धि सुचना सार्वजनिक गरेको थियो। उक्त सुचनामा समाज र जनताको आँखामा छारो छर्ने काम मात्र गरेको युवाहरुले बताउनुभयो । देवानगञ्ज गाउँपालिकामा ७ वटा वडा रहेका छन्। सार्वजनिक सुनुवाई खुल्ला मन्चमा हुने हो। हजारो जनताको सहभागिता हुन्छ। सयों जनताले प्रश्न वा आफ्नो जिज्ञासा राख्छन। तर देवानगञ्ज गाउँपालिकाले जनतालाई व्यकुप बनाउन कार्यक्रमको समय दिउसो ३ बजे राख्नुको साथै केहि जनतालाई बन्धक बनाउन आचार संहिता लागु गरेको छ। जसले गर्दा प्रश्न वा जिज्ञासा राख्न पालिकाले भने अनुसार नै राख्न मिल्ने बुझिन्छ। देवानगञ्ज गाउँपालिकाले अहिले सम्म तोकिएको समयमा कुनै पनि कार्यक्रम सुरु गर्न सकेको छैन युवाहरुले बताउनुभयो ।

देवानगञ्ज गाउँपालिकाले सार्वजनिक सुनुवाई सम्बन्धि जारी गरेको सूचना

देवानगञ्ज गाउँपालिकाका विकासवादी युवा अभियन्ता पप्पु कुमार महताको संयोजकत्वमा युवाहरुले देवानगञ्ज गाउँपालिकाको सार्वजनिक सुनुवाई प्रति आपति जनाउदै ९ बुंदै मांग सहित देवानगञ्ज गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम राज पौडेललाई ध्यानकर्षण पत्र बुझाएको छ।

ध्यानकर्षण बुंदा र पत्र

१. कार्यक्रम संचालनको समय विहान १० बजेदेखी हुनुपर्ने ।
२. वडा स्तरीय सार्वजनिक सुनुवाई प्रतिवेदन समेत सार्वजनिक गर्नुपर्ने ।
३. गुनासो अभिलेखीकरणको छुट्टै व्यवस्था हुनुपर्ने।
४. आचार संहिता बुंदा ७,८,र ११ परिवर्तन गरी कार्यक्रम खुला रूपमा हुनुपर्ने ।
५. गुनासो संकलन र त्यसको सम्बोधनका लागि अन्य माध्यम समेत व्यवस्था गर्नुपर्ने ।
६. सहजकर्ताको अनुभव र योग्यता कार्यक्रम सुरु हुनु भन्दा अगावै स्पष्ट गर्नुपर्ने ।
७. मिति २०८०/०४/०५ को सूचनामा यो कार्यक्रम गा. पा. आफैले गर्ने भनिए पनि मिति २०८०/०४/१४ को सुचना अनुसार अन्य संस्थालाई जिम्मेवारी दिनुको कारण स्पष्ट गर्नुपर्ने ।
८.अगामी दिन हुने कुनै पनि कार्यक्रम सो कार्यक्रमको मुल्य मान्यता र सिद्धान्त बमोजिम हुनुपर्ने ।
९. यस सुनुवाई कार्यक्रम बजेट र तालिका समेत स्पष्ट गर्नुपर्ने।

देवानगञ्ज गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम राज पौडेलले उक्त ध्यानकर्षण पत्रको बुंदालाई सकारात्मक रुपमा लिदै यस विषयमा अलिबिलम छलफल गरि सच्याउने बताउनुभयो। यता युवाहरुले देवानगञ्ज गाउँपालिकाले समय र आचार संहिता सच्याएन भने सार्वजनिक सुनुवाई प्रतिकार गर्न हामी जुनसुकै कदम चल्न सक्ने बताउनुभयो।

 

प्रकाशित मिति: २०२३-०७-३१ , समय : १९:१५:३३ , ९ महिना अगाडि

error: Content is protected !!