मोरङमा कटुवा पेस्तोल सहित एक जना पक्राउ

Aarya News Desk

विराटनगर। मोरङमा कटुवा पेस्तोल सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। मोरङको पथरी शनिश्चरे नगरपालिका- ३ स्थानीय ३२ बर्षीय राज कुमार तुम्बाफोलाई पेस्तोल सहित पक्राउ गरेको हो।

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले उनलाई घरैबाट १ थान कटुवा पेस्तोल सहित आईतवार साँझ पक्राउ गरेको थियो।

पक्राउ परेका तुम्बापोको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२३-०७-३१ , समय : २०:०७:३० , ४ महिना अगाडि

error: Content is protected !!