०९ बैशाख २०८१, आइतबार
2024-04-21

क्याम्पस प्रमुखलाई १४ बून्दै मांग सहित ज्ञापनपत्र

Aarya News

सर्लाही । संयुक्त विद्यार्थी संगठन सर्लाहीले सर्लाही क्याम्पसका क्याम्पस प्रमुख राजेश यादवलाई विभिन्न १४ बुँदे मागहरु राख्दै ज्ञापनपत्र बुझाएका छन् । लोकतान्त्रिक विद्यार्थी संघ,नेपाल विद्यार्थी संघ,जनमत विद्यार्थी संघ र समाजवादी विद्यार्थी युनियनले ज्ञापनपत्र बुझाएका हुन् ।

उक्त ज्ञापनपत्र मार्फत विद्यार्थी भर्ना गर्दा इन्ट्रान्सको व्यवस्था गरि इन्ट्रान्समा उत्कृष्ट हुने ३ जना विद्यार्थीहरुको सम्पूर्ण सुविधा नि:शुल्क गर्नुपर्ने ,विद्यार्थीहरुको सुविधाको लागि बस खरिद गर्नुपर्ने वा भाडामा लिएर चलाउनुपर्ने,क्याम्पसमा शुद्ध खानेपानी र क्यान्टिनको व्यवस्था हुनुपर्ने ,कक्षा ११,१२ का विद्यार्थीहरुको लागि हाजिरी रजिस्टरको व्यवस्था हुनुपर्ने ,प्रत्येक ३/३ महिनामा एकदिन विद्यार्थीहरुलाई भेला गराइ उनीहरूको समस्या र गुनासो सुन्ने व्यवस्था गर्नुपर्ने ,+2 तथा स्नातक तहका विद्यार्थीहरुको क्याम्पस पोसाक फरकफरक हुनुपर्ने ,विद्यार्थीहरुले क्याम्पस शु:ल्क बुझाउँदा के कुन कुराको शु:ल्क बुझाएको हो सो को समेत उल्लेख गरि विद्यार्थीहरुलाई उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने क्याम्पसमा रहेको पुस्तकालयलाई व्यवस्थित गरि समयमै सबै विषयका पुस्तकहरु उपलब्ध हुने व्यवस्था मिलाउनु पर्ने र विद्यार्थीहरुको लागि परिचयपत्रको व्यवस्था गर्नुपर्ने लगायतका मागहरु अधि सारेको नेपाल विद्यार्थी संघका अध्यक्ष एवं स्ववियु सभापति प्रत्यासी सुजित कुमार यादवले बताएको छ।

ज्ञापनपत्र बुझ्दै क्याम्पस प्रमुख यादवले क्याम्पस व्यवस्थापनका अधिकांश कामहरु भइसकेकोले यी मागहरु पनि पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।
लोकतान्त्रिक वि.संघका अध्यक्ष आकाश कुमार यादव,नेविसंघका अध्यक्ष सुजित कुमार यादव,जनमत वि.संघका अध्यक्ष अहमद नुरानी र समाजवादी वि.यु का अध्यक्ष राम प्रवेश साहले संयुक्तरूपमा हस्ताक्षर गरि क्याम्पस प्रमुख यादवलाई ज्ञापनपत्र बुझाएका हुन।

प्रकाशित मिति: २०२३-०७-३१ , समय : २०:४२:३५ , ९ महिना अगाडि

error: Content is protected !!