२३ बैशाख २०८१, आइतबार
2024-05-05

विराटनगर भन्सार कार्यालयमा १५ दिनमा ६४ वटा चोरी पैठारीको मुद्दा दर्ता; ५० लाख भन्दा बढीको सामान बरामत

Aarya News

विराटनगर । विराटनगर बजारलाई गुलजार बनाउन जोगव‌नीबाट विराटनगर ल्याउने सामानमा कढाइ गरेपनि कारोबार गर्नेहरूले बैकल्पीक तरिका अपनाउन थालेका छन्। जोगवनी बाट ल्याइने सामान मध्ये खाद्यान्न तर्फ निगरानी राखे पनि सोहि बाटोबाट कपडाको अवैध करोबार रोकीएको छैन।

खुला सीमानाको कारण अहिले विराटनगर रानी मुलबाटो ,विराटनगर दरैया , विराटनगर मटेरुवा, स्लामापुर, बुधनगर डाइनिया, रंगेली लगायत को स्थानबार निर्वाधरूपमा तस्करी भई रहेकी छ। २०८० श्रावन १ गते देखी १५ गते सम्ममा ६४ वटा चोरी पैठारी सम्बन्धि मुद्दाहरू विराटनगर भन्सार कार्यालयमा दर्ता भएका छन। विभिन्न समयमा विभिन्न स्थान बाट चोरी पैठारी गरि ल्याएको सामान नियंत्रणमा लिई भन्सार कार्यालयमा बुझाउदा उक्त मुद्दा बनेको छ।

उक्त अवधिमा बरामद गरि सामान भन्सार कार्यालयमा बुझाउने काम सशस्त्र प्रहरी र नेपाल प्रहरीले गरेका हुन्। यसरी भएको सामान‌को प्रतिवेदन मूल्य ५० लाख ५८ हजाएको हारा हरिमा रहेको छ। बुझाएको सामानहरु कपडा ,गहुँ ,मकै ,धान,चिनी ,पापड ,लगायत् अन्य सामान रहेको छ।

यो बरामत भएको सामानको प्रतिवेदनको मूल्य हेर्दा सुरक्षा निकायको आँखा पुग्न नसकेको बरामत गर्न नसकेको सामानको परिमाण यो भन्दा बढी मुल्यको रहन सक्ने अनुमान गर्न थालिएको छ।

प्रकाशित मिति: २०२३-०८-०२ , समय : २१:०४:१७ , ९ महिना अगाडि

error: Content is protected !!