निर्माण कम्पनी वेपत्ता भएपछि कोशी अस्पतालको नयाँ भवन निर्माण कार्य ठप्प

श्यामसुन्दर सुतिहार

विराटनगर। कोशी प्रदेशकै सबैभन्दा ठूलोे कोशी अस्पतालको नयाँ भवन निर्माणको ठेक्का पाएका रमन, भूमि, बिआईपीएल जेभी कम्पनीका ठेकेदार सम्पर्क विहीन भएपछि निर्माण कार्य निर्माणको काम ठप्प भएको छ ।

कोशी अस्पतालको नयाँ भवन निर्माणका लागि सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई विराटनगरले ५० करोड ३४ लाख ४४ हजार ७ सय १४ रुपैयाँमा टेण्डर खुलाएको थियो । सो टेन्डर रमन, भूमि, बिआईपीएल जेभीले ३३ करोड २२ लाख ४८ हजार ९ सय ११ रुपैयाँ ३३ पैसामा ठेक्का लिएको थियो ।

ठेकेदार कम्पनीले भवन निर्माणको काम अलपत्र पारेर सम्पर्कविहीन भएपछि, अहिले रमन, भूमि कन्ट्रकसनले भवन निर्माणको काम जिम्मा लिएको छ । रमन भूमिले कन्ट्रकसनले पनि एक महिनादेखि काम अलपत्र पारेर सम्पर्कविहीन रहेको कोशी असपतालका नयाब सुब्बा नवराज लुइँटेलले वताए।

अस्पतालको भवन निर्माणको क्रममा रहँदै गर्दा बीचमा ठेकेदारले काम रोक्दा समयमा काम सम्पन्न हुन नसकिने भन्दै अहिले जिम्मा लिएका ठेकेदार कम्पनीले समय भित्र काम सम्पन्न गर्नेगरी पुन: काम शुरु गरेको थियो । केही कारण बस रोकिएको भवन निर्माणको काम समयमा नै सम्पन्न गराउने तर्फ ध्यान केन्द्रित भएको अस्पतालका मेसु चन्द्रभाल झाले जनाकारी गराए ।

सम्झौता अवधिमा निर्माणको काम सम्पन्न गराएर सर्वसाधारणलाई स्वास्थ्य उपचारमा कुनै पनि समस्या हुन दिने झाले प्रतिवद्धता जनाएको छ ।रमन, भूमि, बिआईपीएल जेभीले २० देखि २५ प्रतिशत काम गरेर सम्पर्क विहीन भएको छ । निर्माण कम्पनीले २०८० पुस २२ गतेसम्म निर्माण सम्पन्न गरी पाँच तलाको सुविधा सम्पन्न भवन हस्तान्तरण गर्नुपर्ने छ ।

तिन जनाले मिलेर ठेकालिएको मध्ये रमन भूमि कन्ट्रकसनले यो काम गर्छु भनेर जिम्मा लिएको शहरी विकास तथा भवन निर्माण विभाग संघिया आयोजना इकाई विराटनगरका प्रमुम गणेश महर्जनले वताए । कन्ट्रकसनका सञ्चालकले अन्य ठाउँमा पनि काम ठेक्का लिएको कारण काममा ढिला सुस्ती भएको वहांको भनाई छ ।

निर्माणाधीन नयाँ भवन ४ कट्ठा २ धुर जमिनमा फैलिएको छ । भवनको पहिलो तलामा आकस्मिक कक्ष हुनेछ । अन्डरग्राउण्ड भवनको भुइँतलामा पार्किङ, दोस्रो तलामा एचडियूसहितको डाइलोसिस लगायतका सेवाहरू हुनेछन् । त्यसैगरी तेस्रो तलामा नेफ्रोलोजी जनरलसहितको प्रतिक्षालय हुनेछ । तेस्रो तला ५० शैय्याको हुनेछ । चौथो तलामा कार्डियो र न्यूरोको सेवा रहनेछ । चौथो तलामा पनि ५० शैय्याको नै हुनेछ ।

अहिले सम्म निर्माणाधीन नयाँ भवनको अहिले सम्म वेस मेन ढलान भएको छ । नयाँ भनव निर्माण कार्यमा ढिला सुस्ती हुनको मुख्य कारण निर्माण सामग्रीको भावमा बढोतरी हुन र कम्पनीले लो विडिङ्गमा ठेक्का लिनु मुख्य समस्या भएको स्रोतको दावी छ ।

प्रकाशित मिति: २०२३-०८-०५ , समय : २३:४९:१८ , ४ महिना अगाडि

error: Content is protected !!